नोयर फिट भएमा जर्मनीको गोल पोस्ट उनैले सम्हाल्ने

बार्सा नेपाल । जर्मनीका प्रशिक्षक जोचिम लोउले यदि म्यानुअल नोयर फिट भएको खण्डमा जमर्नीको मुख्य गोलकिपरको जिम्मेवारी उनैले पाउने प्रश्ट पारेका छन् । रसिया विश्वकप नजिकिँदै जाँदा स्पोर्टस् साउसँग कुरा गर्दै लोउले विश्वकप अघि नोयर फिट देखिएमा जर्मनीको पोस्ट्को जिम्मेवारी उनैले पाउने बताएका छन् ।

खुट्टाको चोटको कारण घाइते भएका नोयर अहिले चोटमुक्त हुने क्रममा रहेका छन् । विश्वकपको लागि जर्मर्नीले ४ वटा गोलकिपरको नाम राखेको छ । रसिया विश्वकपको लागि अन्तिम २३ जना खेलाडीको सूची प्रकाशित गर्दा १ जना गोलकिपरको नाम काटिन्छ । बार्सिलोनाका मुख्य रोजाइको गोलकिपर टेर स्टेगन पनि उक्त सूचीमा रहेका छन् । उनी जर्मनीको दोस्रो रोजाइका गोलकिपर हुन् । यदि नोयर फिट नदेखिएको खण्डमा उनैले नै जमर्नीको पोस्ट् सम्हाल्ने सम्भावना उच्च छ ।

लोउले यदि मैत्रीपूर्ण खेलमा नोयर फिट देखिएमा उनी नै मुख्य गोलकिपर रहने प्रश्ट पारेका हुन् ।

२७ मे २०१८ मा प्रकाशित

रोनाल्डोभन्दा मेसी पूर्ण खेलाडी हुन्ः जमर्नीका प्रशिक्षक लोउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here