मेसी र रोनाल्डो दुबैको फ्यान विक्रम लामालाई विश्वकप पोर्चुगलले जितोस् भन्ने लागेको छ

विक्रम लामा, उप–कप्तान नेपाली राष्ट्रिय फुटबल टिम

बार्सा नेपाल । नेपाली फुटबल क्लबमा सफलमध्येको एक टिम थ्रिस्टार क्लबका कप्तान विक्रम लामाले विश्वकपमा कुनै पनि टिमलाई समर्थन गर्ने योजना बनाएका छैनन् । हाल उनी चोटका कारण मैदानबाहिर रहेका उनले विश्वकपको सबै खेल हर्ने योजना बनाएका छन् । तर, उनले विश्वकपमा सहभागी कुनै पनि राष्ट्रलाई समर्थन गर्ने योजना नबनाएपनि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले विश्वकप जितोस् भनेर शुभकामना दिएका छन् ।

चोट निको पार्नको लागि मैदान बाहिर रहेका लामाको विचारमा आगामी विश्वकपको उपाधि ब्राजिलले जित्न सक्छ । बलियो टिम भएको हिसवाले ब्राजिलले उपाधि जित्नसक्ने उनको अनुमान रहेको हो । इंग्ल्याडको टिम पनि बलियो बनेको तर उनीहरुको सम्भावना कम रहेको उनको अनुमान छ ।

लामा मिडफिल्डर हुन् । सोही कारणले गर्दा आफ्नै पोजिसनबाट खेल्ने खेलाडीहरुको खेल हेर्न उनी आतुर रहेका छन् ।

विशेष गरेर कासेमेरो, टोनी क्रुस, लुका मोड्रिचको फुटबललाई उनले नजिकबाट नियालीरहेका छन् । उनले आगमी विश्वकपबाट केही सिक्ने योजना पनि बनाएका छन् । फुटबलको महाकुम्भ भएको हिसावले उनी आफ्नो पनि स्तरोन्नती होस् भन्ने हिसावले खेल हेर्ने योजना बनाएका छन् ।

व्यक्तिगत रुपमा लामालाई बार्सिलोनाका लियोनल मेसी तथा रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो मन पर्छ । खासमा लामा कुनै क्लब वा राष्ट्र भन्दा पनि व्याक्तिगत खेलाडीको खेललाई ध्यान दिन्छन् । सोही कारणले गर्दा उनी मेसी र रोनाल्डोको फ्यान भएका हुन् । तर यसपटक उनलाई रोनाल्डोकै कारण पोर्चुगलले विश्वकपको उपाधि जितोस् भन्ने लागेको छ ।

बार्सिलोनाका खेलाडीको कारण स्पेनले जितेको सन् २०१० को विश्वकप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here