बार्सिलोनाका खेलाडीको कारण स्पेनले जितेको सन् २०१० को विश्वकप

बार्सा नेपाल । स्पेन सन् २०१० मा साउथ अफ्रिकामा भएको विश्वकपको विश्वकप विजेता टिम हो । उक्त विश्वकपमा स्पेनको स्वाडमा बार्सिलोनाका खेलाडीहरुको दवदवा रहेको थियो । बार्सिलोनका प्रशिक्षक पेप ग्वार्डिवलाले क्लबका खेलाडीहरुलाई दिएको प्रशिक्षक स्पेनको लागि काम लागेको भनेर धेरैले ग्वार्डिवलाको तारिफ पनि गरे ।

स्पेनले सन् २०१० को विश्वकपको उपाधि जित्दा नेदरल्याण्डविरुद्ध बार्सिलोनाकोमात्रै ७ जना खेलाडी उतारेको थियो । जतिबेला बार्सिलोनाले यूरोपियन फुटबलमा राज गरेको थियो । पेप ग्वार्डिवलाले सम्हालेको बार्सिलोनाले सन् २००९ मा उत्कृष्ट प्रदर्शन गरेको थियो । बार्सिलोनाले सन् २००९ मा इंग्ल्याण्डको म्यान्चेस्टर युनाइटेडलाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो । साथै ला लिगा र कोपा डेल रको उपाधि पनि जितेको थियो ।

नेदरल्याण्डबिरुद्धको फाइनल खेलमा मात्रै होइन प्रशिक्षक भिसेन्टी डेल बोस्क्वीले अन्य खेलमा पनि बार्सिलोनाका खेलाडीहरुलाई प्राथमिकतामा राखेर खेल खेलाएका थिए । नेदरल्याण्डविरुद्धको खेलमा बार्सिलोनाका ७ जना खेलाडीहरु स्टार्टिङ लाइअपमा परेका थिए ।

स्टार्टिङ लाइनअप

गोलकिपर

इकर क्यासिलास (रियल मड्रिड)

डिफेन्डर

कार्लेस पुयोल (बार्सिलोना)
जेरार्ड पिके (बार्सिलोना)
सर्जियो रामोस (रियल मड्रिड)
क्याप्टाभिया (भिलारियल)

मिडफिल्डर

जाभी अलन्सो (रियल मड्रिड)
सर्जियो बुस्क्वेट्स (बार्सिलोना)
जाभी हर्नान्डेज (बार्सिलोना)

फरवार्ड

आन्द्रेज इनियष्टा (बार्सिलोना)
पेड्रो रोड्रिग्वेज (बार्सिलोना)
डेभिड भिया (बार्सिलोना)

उक्त फाइनल खेलको नियमित समयसम्म दुबै टोलीले गोल गर्न सकेन् । त्यसपछि खेलमा अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीले गोल गर्ने अवसर पाएका थिए । तर, खेलमा थपिएको अक्तिरिक्त समयको २६ औं मिनेट (११६ औं मिनेट) मा तत्कालिन बार्सिलोनाका खेलाडी आन्द्रेज इनियष्टाले गोल गरेका थिए । उक्त गोलको लागि सेस फाब्रिगासले पास मिलाइदिएका थिए ।

अफ्रिकाको जोनेसबर्गमा खेलाइएको खेलमा ८४ हजार ४९० जना दर्शक थिए भने उक्त खेल इंग्ल्याण्डका रेफ्री हावार्ड वेभले खेलाएका थिए ।

धेरैलाई थाहा नहुन सक्छ उक्त खेलमा बार्सिलोनाका डिफेन्डरले गोलकिपर कासिलासजत्तिकै ६६० मिनेट नै खेले । त्यस्तै, पुयोलले ६५४ मिनेट, जाभीले ६३६ मिनेट, डेभिड भिलाले ६३४ मिनेट, बुस्क्वेट्सले ६३१ मिनेट, इनियष्टाले ५५७ मिनेट, पेड्रोले १७६ मिनेट खेल्ने मौका पाएका थिए ।

२६ मे २०१८ मा प्रकाशित

यसकारण भरत खवासलाई ब्राजिल मनपर्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here