FAN ZONE: क्लब फुटबल मन पराउने सिम्रनको साथ अर्जेन्टिनालाई

सिम्रन शर्मा, अर्जेन्टिना समर्थक

बार्सा नेपाल । विश्वकप नजिकिँदै जाँदा जताततै यसैको मात्र चर्चा रहेको छ । यस समयमा क्लब फुटबल प्रतियोगितालाई वास्ता नगर्नेहरु पनि देशका जर्सीहरु लगाएर हिड्ने गरेको पाइन्छ । तर कोही यस्ता फुटबलका समर्थक पनि छन् जसलाई अन्तराष्ट्रिय खेलको तालिका आउने बित्तिकै रिस उठ्छ । उनी हुन् भक्तपुर कौशलबाटरका सिम्रन शर्मा ।

पेशाले कुनै मोटर कम्पनीमा कार्यरत उनी क्लब फुटबलको खेलहरुमा रमाउन थालेको ८ वर्ष भइरहेको छ । उनी विशेष गरेर स्पेनिस घरेलु लिग ला लिगाका खेलहरु हेर्न छुटाउदिनन् अझै विशेष गरेर उनको प्रिय क्लब बार्सिलोनाको कुनै खेल छुटेमा उनलाई पुनः प्रशारण हेर्नै पर्छ ।

सिम्रन भन्छिन् ‘मलाई देश–देशको खेलभन्दा क्बलस्तरिय खेल नै गुणस्तरिय लाग्छ । कहाँ ९ महिनासम्म चल्ने लिगको विजेता, कहाँ १ महिनाको खेलले ४ वर्षको लागि विजेता बन्ने प्रतियोगिता ।’

तै पनि रसिया विश्वकपका खेलहरु स्रिमनले हेर्ने योजना बनाएकी छिन् । उनी परिवारकै सदस्यका साथ खेल हेर्ने योजनामा छिन् । फुटबल मनपराउने उनका दाजू अमेरिकाबाट ३ महिनाको छुट्टीमा आएकोले उनी यस पटक अर्जेन्टिनालाई समर्थन गर्ने योजनामा छिन् । दाजू इंग्ल्याण्डका समर्थक भए पनि उनी भने लियोनल मेसी भएकै कारण अर्जेन्टिनालाई समर्थन गर्न लागेकी हुन् ।

उनलाई विश्वास पनि छ यस पटक अर्जेन्टिनाले विश्वकपको उपाधि जित्छ ।

तपाई पनि आफ्नो बारेमा यस्ता सामग्रीहरु प्रकाशित होस् भन्ने चाहनुहुन्छ भने लिंकमा रहेको गुगल फर्म भरी सकेसम्म आफूले समर्थन गर्ने देशको जर्सी सहितको फोटो पठाउन सक्नुहुन्छ । तपाईहरुले पठाउनुभएको फर्मको आधारमा प्रकाशित भएको समग्री क्रमशः प्रकाशित हुनेछन् । धन्यवाद !

https://docs.google.com/forms/d/e/1FAIpQLSd04DGm7f_yuL8PGeRRj_6xItkvzPrisZRxcq8qTGY5dImo5w/viewform

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here