रोनाल्डोभन्दा मेसी पूर्ण खेलाडी हुन्ः जमर्नीका प्रशिक्षक लोउ

बार्सा नेपाल । विश्वकप विजेता राष्ट्र जमर्नीका प्रशिक्षक जोचिम लोउले क्रिस्टियानो रोनाल्डोभन्दा लियोनल मेसी पूर्ण खेलाडी रहेको प्रश्ट पारेका छन् ।

विश्वकपको पूर्वसन्ध्यामा लोउले रोनाल्डो राम्रो खेलाडी रहेको र गोल गर्नमा माहिर रहे पनि लियोनल मेसी आफूले देखेकोमध्य एक मात्रै पूर्ण खेलाडी रहेको उनको भनाई थियो ।

मेसी टिमखेलमा राम्रो खेलाडी रहेको, अग्रभागबाट खेल्ने भएपनि टिम गेममा जहाँबाट पनि फिट हुने साथै उनीसँग अद्भूद कला रहेको भन्दै रोनाल्डो भन्दा आफू मेसी मनपर्ने उनको भनाई थियो ।

जोउको टिम जमर्नीले सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई हराएको थियो ।

२६ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here