च्याम्पियन्स लिग उपाधिको लागि रियल र लिभरपुल भिड्दै

बार्सा नेपाल । आज स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब लिभरपुल यूरोपको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधिको लागि भिड्दैछन् । फाइनल खेल युक्रेनको राजधानी कियाभस्थित एनएससी ओलम्पिक रंगशालामा हुन लागेको हो । खेल सोमबार बिहान साढे १२ बजे सुरु हुनेछ । ६३ हजार दर्शक क्षमताको उक्त रंगशालामा सन् २०१२ को यूरोकपको आयोजना पनि भइसकेको छ ।

१२ पटकको च्याम्पियन्स लिग विजेता रियल मड्रिड पुनः एक उपाधि थप्न उद्दत रहेको छ भने । मोहम्मद सलाहद्वारा प्रभावित लिभरपुल पनि ६ वटा च्याम्पियन्स लिगको उपाधि जित्न अग्रसर रहेको छ ।

फाइनल खेलको लागि दुबै टोलीको खेलाडी तथा पदाधिकारीहरु युक्रेन पुगिसकेका छन् ।

रियल मड्रिडले खेलको अन्तिम ५ खेलमध्ये मात्र १ खेलमा जित, ३ खेलमा बराबरी तथा १ खेलमा हार व्यहोरेको छ । रियलले सेल्टालाई ६–० गोलले पराजित गरेको हो । त्यस्तै भिलारियलसँग २–२ गोलको बराबरी, बार्सिलोनासँग २–२ गोलको बराबरी तथा बार्यनसँग २–२ गोलको बराबरी खेलेको हो भने सेभियासँग ३–२ गोलले बराजित भएको हो ।
उता इंग्लिस क्लब लिभरपुलले अन्तिम ५ खेलमध्ये २ खेलमा जित, १ खेलमा बराबरी तथा २ खेलमा हार व्यहोरेको छ । लिभरपुलले ब्राइटनलाई ४–० गोलले तथा आर्सनललाई ५–२ गोलले पराजित गरेको हो । त्यस्तै, स्टोक सिटीसँग गोल रहित बराबरी र चेल्सीसँग १ –० गोल तथा आर्सनलसँग ४–२ गोलले पराजय व्यहोरेको हो ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले उपाधिको लागि तयार भइसकेको बताउँदा लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले पनि रियलका खेलाडीहरुलाई रोक्नको लागि आफ्ना खेलाडीहरु तयार रहेको बताइसकेका छन् ।

२६ मे २०१८ मा प्रकाशित

च्याम्पियन्स लिगको फाइनलमा डुवा लिपाको प्रस्तुति हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here