जाभी अझै दुई वर्ष कतारमै रहने

बार्सा नेपाल । बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेज अझै दुई वर्ष कतारको क्लब अल सादमा बस्ने भएका छन् । नयाँ सम्झौतापछि जाभी अब सन् २०२० सम्म सोही क्लबमा नै रहने भएका छन् ।

दुई वर्षअघि कतार गएका जाभी आएपछि अल सादले कतार कप, द एमिर कप (२०१७) तथा द शेख जासिम कप २०१७–१८ को उपाधि जितिसकेका छन् ।

थप सम्झौतापछि जाभीले आफू अझै दुई सिजन अल साद परिवारसँग बस्न पाएकोमा खसी व्यक्त गरेका छन् । आफूले कतार आएपछि अनपेक्षित रुपमा समर्थकहरुबाट माया तथा सद्भाव पाएकोले सम्झौता थप गरेको बताएका छन् ।

यसअघि अन्तराष्ट्रिय संचारमाध्यामहरुमा प्रकाशित समाचारमा जाभी अल सादका प्रशिक्षक बन्ने समाचार प्रकाशित भएको थियो । त्यसपछि उनले कतारको राष्ट्रिय टिमको जिम्मेवारी लिने बताइएको थियो ।

२५ मे २०१८ मा प्रकाशित

राकुटेनकै मालिकको क्लबमा इनियष्टाले गरे तीन वर्षे सम्झौता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here