‘पाउल पोग्बालाई खेलको भन्दा पनि कपालको बढी चिन्ता’

बार्सा नेपाल । डेनमार्कका प्रशिक्षक एज हेराईडले फ्रान्सका स्टार खेलाडी पाउल पोग्बालाई ‘कपाल मा मात्र विशेष’ रहेको आरोप लगाएका छन् । विश्वकप नजिकिँदै जाँदा हेराईडले पोग्बामा खास खेलाडीमा हुनुपर्ने गुण नभएको, खेलको चिन्ता नभएको तर, कपाल मिलाउनमा मात्रै खप्पिस रहेको आरोप लगाएका हुन् ।

पत्रकारहरुसँगको कुराकानीमा उनले फ्रान्स एउटै समूहमा परे पनि चर्चामा रहेको जस्तो सफल टिम नभएको उनको भनाई थियो । आफूले पोग्बाको खेल हेरेको भन्दै उनले त्यस्तो खास कला उनमा नभएको हेराईडको भनाई थियो ।

उनले स्टकहोल्ममा फ्रान्स र स्विडनेबीचको खेल हेरेको तर खास केही नदेखेको कुरा पनि संचारकर्मीहरुमाझ बताएका थिए ।

विश्वकपको समूह सी मा रहेको डेनमार्कले समूह चरणमा फ्रान्स, अष्ट्रेलिया तथा पेरुको सामना गर्नुपर्नेछ ।

२५ मे २०१८ मा प्रकाशित

नाइजेरियाको जर्सीको लागि विश्वभरीबाट ३० लाख अर्डर !

विश्वकप खेलाइने यी रंगशाला (फोटोमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here