MATCH DAY: आशा बोक्दै रेलिगेसन क्षेत्रमा रहेको बार्सा बी आज मैदानमा उत्रँदै

बार्सा नेपाल । स्पेनिस दोस्रो डिभिजनको घरेलु लिग सेगुन्डा डिभिजनमा रेलिगेसन क्षेत्रमा परेको बार्सिलोना बी ले आज लिगका ४१ औं खेल अल्बाटेसँग खेल्दैछ ।

बार्सा बीले अब लिगमा २ खेल खेल्न बाँकी छँदा रेलिगेसन क्षेत्रमा रहेको छ । खेलमा बार्सा बी ले दुबै खेल जितेर मात्रै रेलिगेसनबाट उम्कन सक्दैन । बार्सा बी लिगको १७ औं तथा १८ औं स्थानमा रहेको जिम्नास्टिक तथा लियोनिसको खेलको नतिजासँग पनि भर पर्नुपर्ने हुन्छ । त्यसैले बाँकी दुबै खेलमा सिजत हासिल गरेको खण्डमा तथा माथि रहेका दुईमध्ये एक क्लबले एक खेल हारेको खण्डमा रेलिगेसनबाट बार्सा बी उम्कन सक्छ । सोही कारणले गर्दा आजको मात्र नभई लिगको अन्तिम खेलमा पनि बार्सा बी जित्ने मनस्थितिमा रहेको छ ।

लिगमा ४० खेलबाट मात्र ४३ अंक जोडी २० औं स्थानमा रहेको बार्सा बीले आज १५ औं स्थानमा रहेका अल्बालेटसँग खेल्न लागेको हो ।

खेल बिहान सवा १२ बजे अल्बाटेको घरेलु मैदानमा हुने छ ।

२५ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here