नाइजेरियाको जर्सीको लागि विश्वभरीबाट ३० लाख अर्डर !

बार्सा नेपाल । विश्वकपको लागि नाइजेरियाको फुटबल टिमले लगाउने जर्सीको प्रि–अर्डर ३० लाख वटा आएको छ ।

नाइकी ब्राण्डको उक्त जर्सी निकै फरक रहेको कारणले गर्दा यत्तिका धेरै संख्यामा विश्वभरीबाट अर्डर आएको नाइजेरिया फुटबल फेडेरेसनका उपाध्यक्ष शेहु डिकोले बताएका छन् ।

जर्सीको डिजाइन सार्वजनिक भएपछि यत्तिका धेरै संख्यामा अर्डर आएको हो । जर्सी नाइजेरियाले सदाको दिनमा लगाउनेभन्दा फरक तर सुन्दर रहेको छ । नाइकीले उक्त जर्सी मे २९ मा बजारमा ल्याउने तयारी गरिरहेको छ । उक्त जर्सीको मूल्य ८५ डलर तोकिएको छ ।

आगामी विश्वकपमा नाइजेरिया समूह डी मा परेको छ । उक्त समूहमा आइसल्याण्ड, क्रोयोसिया तथा अर्जेन्टिना परेको छ ।

२४ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here