विश्वकपको लागि कठिन परिश्रम गर्दै नेयमार, अझै ग्रिनलाइट पाएनन्

बार्सा नेपाल । फ्रेब्रुअरीको अन्तिम हप्ता मार्सेसँगको खेलमा घाइते भएका पीएसजीका ब्राजिलियन खेलाडी नेयमार जुनियर यो हप्ता मेडिकल टेस्टमा रहेका छन् । विश्वकपको खेलाडी घोषणा भई अभ्यास खेल सुरु हुनै लाग्दा नेयमारको स्वास्थ्य परिक्षण हुन थालेको हो । उनी अझै पूर्ण रुपमा फिट हुने या नहुने भन्ने विषयबारे पूर्ण जानकारी लिन उनको परिक्षण सुरु गरिएको हो ।

फ्रेब्रुअरीदेखि मैदान बाहिरै रहेका नेयमार विश्वकपमा सहभागी हुन निकै मेहनत गरिरहेका छन् । यो हप्ता नेइमारको फिटनेसमा निकै सुधार आएको चिकित्सकहरुले बताएका छन् । मेडिकल टेस्टको समयमा पनि नेइमारले दुवै खुट्टाले जम्प गरिरहेका छन् । त्यस्तै उनले ट्रेडमिलमा एक्सरसाइज पनि गरिरहेका छन् ।

सामाजिक संजालमा बढी सक्रिय नेयमारले आफूले गरेको शारिरिक कसरतको भिडियो पनि पोस्ट गरिरहेका छन् । तर उनलाई अझै मेडिकल ग्रिनलाइट भने दिइएको छैन ।

ब्राजिलले विश्वकपअघि क्रोएसिया रअष्ट्रियासँग मैत्रीपूर्ण खेल खेल्दैछ भने जुन १७ मा स्वीट्जरल्याण्डसँग विश्वकपको पहिलो खेल खेल्नेछ ।

२४ मे २०१८ मा प्रकाशित

‘ब्राजिलले विश्वकप जितेमा म केही पनि बोल्ने छैन तर रोइरहेको हुनेछु’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here