‘सगरमाथामा मेरो जर्सी फहराएर मलाई त्यहीँ पुगेको महसुस भएको छ’: मेसी

बार्सा नेपाल । विश्वकै उत्कृष्ट फुटबलर लियोनेल मेसीले आफ्नो देश अर्जेन्टिनाबाट लगाउने १० नम्बरको जर्सी विश्वकै सर्वोच्च शिखर सगरमाथामा पुर्याइएको छ । गत मंगलबार हिमाल आरोही डान जेङ्गलुबुुले मंगलबार सर्वोच्च शिखर सगरमाथामा लगेर मेसीको जर्सी फहराएका हुन् ।

आफ्नो जर्सी सगरमाथा शिखरमा फराइएपछि मेसीले आफ्ना फ्यानहरुको नाममा सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै खुसी व्यक्त गरेका छन् । मेसीले आफ्नो जर्सी डान जेङ्गलुबुले सगरमाथा शिखरमा पुर्याएकोमा उनलाई बधाई दिएका छन् ।

पोस्टमा लेखिएको छ ‘यो अभूतपूर्व उपलब्धिका लागि धेरै धेरै बधाई अनि विश्वको शिखरमा मेरो जर्सी फहराएर मलाई त्यहीँ पुगेको महसुस गराएकोमा धन्यवाद ।’

बार्सिलोनाका स्टार खेलाडी रसिया विश्वकपको लागि राष्ट्रिय टिमसँग अभ्यास खेल खेलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here