राकुटेनकै मालिकको क्लबमा इनियष्टाले गरे तीन वर्षे सम्झौता

बार्सा नेपाल । सिजनको अन्त्यसँगै बार्सिलोना छोड्ने निर्णय गरेका स्पेनिस खेलाडी आन्द्रेज इनियष्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द भएका छन् । २२ वर्षको बार्सिलोना बार्सापछि ३४ वर्षीय इनियष्टा जापनिज क्लबमा आबद्ध भएको घोषणा भएको हो ।

बिहीबार संचारकर्मीहरुसँग कु्रा गर्दै इनियष्टाले आफूले कयौं क्लबहरुबाट राम्रा प्रस्ताव पाएको भएपनि भिसेल कोवी उपयुक्त भएको बताएका छन् । खेलाडको रुपमा वा व्यक्तिगत रुपमा अझै केही गर्न सक्ने विश्वास कोवीले दिएको कारण आफू यही क्लबमा आबद्ध हुन चाहेको उनको भनाई थियो ।

त्यस्तै कोवीका मालिक हिरोशी मिकीतानीले आफ्नो दोस्रो पुस्ताका खेलाडीहरुलाई इनियष्टा प्रेरणाको स्रोत बन्ने दावी गर्दै आफ्नो क्लब अब उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने ‘मलाई विश्वास छ इनियष्टाको नशा नशामा भएको फुटबल मोह, उनको सिद्धान्त, अनुभव, प्रेरण तथा नेतृत्व दिन सक्ने क्षमताले कोवीमा मात्रै होइन जापनिज फुटबलमा नै प्रभाव पार्नेछ ।’

कोवीले इनियष्टासँग वार्षीक ३० मिलियन डलरको तीन वर्षे सम्झौता गरेका समाचारहरुमा उल्लेख छ । साथै उनीसँग व्यापारिक सम्झौताहरु पनि भएको बुझिएको छ ।

इनियष्टाले बुधबार इन्स्टाग्राममा क्लबका मालिक हिरोशीसँग फोटो राख्दै आफ्नो नयाँ घरतिर प्रस्थान भनेर फोटो राखेका थिए ।
बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका प्रमुख कार्यकारी समेत रहेका हिरोशीले इनिस्टालाई जापान आउट ठूलो आग्रह गरेका थिए । बार्सासँग राकुटेनको सम्झौता तथा उनको आग्रहलाई नै स्वीकार गर्दै इनियष्टा चीनिया क्लबको ठूलो अफरलाई अस्वीकार गर्दै बार्सासँग नजिक रहेका मालिककै क्लबमा गएका हुन् ।

२४ मे २०१८ मा प्रकाशित

शब्दले बर्णन गर्न नसकिने डन इनियष्टा ‘सि यू अगेन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here