आन्द्रेज इनियष्टा जापानीज क्लब भिसेल कोवीमा !

बार्सा नेपाल । सिजनको अन्त्यसँगै बार्सिलोना छोड्ने निर्णय गरेका स्पेनिस खेलाडी आन्द्रेज इनियष्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने समाचार प्रकाशित भएको छ ।

इनियष्टाले बुधबार एक संचारमाध्यामसँग कुरा गर्दै जापनीज फुटबल प्रतियोगिता जे लिगमा सहभागि टिम भिसेलमा अनुबन्धका लागि क्लबका मालिक हिरोशी मिकीतानीसँग कुरा अन्तिम चरणमा पुगेको बताएका छन् ।
इनियष्टाले इन्स्टाग्राममा राखेको फोटोमा हिरोशीसँग उनि विशेष विमानमा बसेर कुरा गरेको देखिएको छ । बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका प्रमुख कार्यकारी समेत रहेका हिरोशीले इनिस्टालाई जापान आउट ठूलो आग्रह गरेका थिए । इन्स्टाको फोटोमा इनिस्टाले आफ्नो नयाँ थलोमा जाँदै भनेर क्याप्सन दिएका छन् ।

स्पेनिस मिडियाले जनाएअनुसार इनिस्टा जे लिगको उत्कृष्ट क्लब मध्येको एक मिसेलबाट खेल्ने पक्का भएको र यसका लागि उनले बिहीबार औपचारिक घोषणा गर्ने जनाएका छन् ।

२४ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि स्पेनको खेलाडी सूचीमा को-को परे ? को परेनन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here