आउँदो सिजनको ला लिगामा बार्सिलोनाको एक प्रतिद्धन्द्धी ह्वेस्का पनि

बार्सा नेपाल । स्पेनिस घरेलु लिग ला लिगामा नयाँ टिम ह्वेस्काले प्रवेश पाएको छ । सेगुन्डा डिभिजनबाट प्रोमोशन हुँदै ह्वेस्का पहिलो पटक ला लिगा खेल्ने टिम बनेको हो ।

मंगलबार राति सम्पन्न सेगुन्डा डिभिजनको खेलमा लुगोलाई २–० गोलले पराजित गरेसँगै ह्वेस्काले ला लिगा यात्रा गर्न लागेको हो ।

२२ टिम सम्मिलित सेगुन्डा डिभिजनमा ह्वेस्काले ४० खेलबाट ७५ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रायो भालेकानोको ७३ अंक तथा स्र्पोटिङ्ग गिजोनको ६८ अंक रहेको छ । दुई खेल खेल्न बाँकी छँदा ह्वेस्काले तेस्रो स्थानको गिजोनसँग ७ अंकको दूरी कायम गरेपछि प्रोमोशन पक्का भएको हो ।

ह्वेस्का स्पेनको उत्तरपूर्वी क्षेत्रमा रहेको क्लब हो । सन् २००९ को जनगणना अनुसार उक्त क्षेत्रमा जम्मा ५२ हजारको हाराहारीमा मात्रै जनसंख्या रहेको थियो ।

सन् १९६० मा स्थापना भएको ह्वेस्काको घरेलु मैदान एल अल्कोर्ज हो । जसको दर्शक क्षमता ५ हजार ५ सय जना मात्रै रहेको छ ।

२३ मे २०१८ मा प्रकाशित

फर्केर हेर्दा सिजन २०१७–१८ को ला लिगा (हाइलाइट्स)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here