विश्वकपमा अर्जेन्टिनाको पोस्ट नाउह्विल गुजमनले सम्हाल्ने

बार्सा नेपाल । विश्वकपको लागि अर्जेन्टिनाको राष्ट्रिय टिममा परेका पहिलो रोजाइका खेलाडी सर्जियो रोमेरोले घुँडाको चोटको कारण खेल खेल्न नसक्ने भएपछि उनको विकल्पमा नयाँ गोलकिपरले अवसर पाउने भएका छन् ।

प्रशिक्षक जोर्गे साम्पावलीले रोमेरोको विकल्पमा नाउह्वि गुजमनलाई मुख्य गोलकिपर बनाउन लागेका हुन् । ३२ वर्षीय गुजमनले सन् २००५ देखि २०१४ सम्म अर्जेन्टिनाको न्यूवेल्स वल्ड ब्याइज, २००८ देखी २००९ सम्म इन्डिपेन्डेन्ट रिभाडाभियामा लोनमा तथा २०१४ देखि हालसम्म टाइगर्स युएएनएलबाट व्यवसायीक फुटबल खेल्दै आइरहेका छन् ।

उनी सन् २००३ देखि अर्जेन्टिनाको राष्ट्रि टिममा दोस्रो रोजाइको गोलकिपरको रुपमा खेल्दै आइरहेका छन् । उनी अन्डर १७, अन्डर २० हुँदै सन् २०१४ देखि राष्ट्रिय टिमको गोलकिपर बनेका हुन् । उनले ६ पटक अर्जेन्टिनाको पोस्ट सम्हालीसकेका छन् ।

त्यस्तै साम्पावलीले चेल्सीका दोस्रो रोजाइका गोलकिपर विली काबालेरो र रिभरप्लेटका फ्रान्को अर्मानीलाई पनि अवसर दिने भएका छन् । तर, उनीहरु गुजमनको विकल्प मात्रै हुनेछन् ।

२३ मे २०१८ मा प्रकाशित

अर्जेन्टिनालाई झट्काः गोलरक्षक रोमेरो घाइते, विश्वकप खेल्न नसक्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here