इंग्ल्याडको राष्ट्रिय टोलीको नेतृत्व ह्यारी केनले गर्ने

बार्सा नेपाल । जुन १४ बाट सुरु हुने रसिया विश्वकपको लागि इंग्ल्याडको राष्ट्रिय टोलीको नेतृत्व ह्यारी केनले गर्ने भएका छन् । टोटेनह्यामका स्ट्राइकर ह्यारीलाई केनलाई प्रशिक्षक गारेथ साउथगेटले कप्तानको जिम्मेवारी दिएका हुन् ।

यसअघि लिभरपुलका कप्तान जोर्डन हेन्डर्सन र टोटेनह्यामका मिडफिल्डर इरिक डायरलाई सम्भावित कप्तानका रुपमा हेरिएपनि साउथगेटले रसिया विश्वकपको नेतृत्व गर्ने जिम्मेवारी कानेलाई सुम्पेका हुन् ।

कप्तानको भूमिका पाएपछि केनले भने ‘मेरो लागि यो निकै ठूलो अवसर हो । हामीले रसिया विश्वकपमा गुमाउनु केही छैन ।’

इंग्ल्याडले जुन १८ मा ट्युनेसियासँग पहिलो खेल खेल्दैछ । त्यसपछि पानामा र बेल्जियमसँग खेल रहेको छ ।

२३ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here