अर्जेन्टिनालाई झट्काः गोलरक्षक रोमेरो घाइते, विश्वकप खेल्न नसक्ने

बार्सा नेपाल । रसिया विश्वकपको लागि अर्जेन्टिनाका पहिलो रोजाइका गोल रक्षक सर्जियो रोमेरो घाइते भएका छन् । जुन १४ बाट सुरु हुने रसिया विश्वकपका लागि अर्जेन्टिनाले अन्तिम २३ सदस्सीय खेलाडीको सूची सार्वजनि गर्दा रोमेरोको नाम परेको थियो । तर, उनी खुट्टाको चोटको कारण खेल्न नसक्ने भएका हुन् ।

म्यान्चेस्टर युनाइटेडका दोस्रो रोजाइका गोलकिपर भएको हिसावले एफए कपको फाइनल खेलमा उनी चेल्सी बिरुद्ध उत्रने सम्भावना थियो तर, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले उनी फिट नभएको भन्दै खेल्ने मौका दिएका थिएनन् । तर, विश्वकपमा खेल्ने पक्कापक्की भएता पनि उनी चोटका कारण खेल्न नसक्ने भएका छन् ।

चाट निको हुन उनले तत्कालै अप्रेशन गर्नु पर्ने भएकाले उनी केही महिना मैदानबाहिर नै रहने बताइएको छ । उनको पनि प्रयासमा सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाले फाइनलसम्मको सफल यात्रा गराएका थिए ।

अब पहिलो रोजाइका गोलरक्षक खेल्न नसक्ने भएपछि प्रशिक्षक सामपाओलीले नयाँ गोलरक्षकको निर्णय छिट्टै लाग्ने बताएका छन् । अर्जेन्टिनाको २३ सदस्यीय खेलाडी सूचीमा विली काभालेरो र अर्मानी पनि गोल रक्षकको रुपमा रहेका छन् ।

२३ मे २०१८ मा प्रकाशित

यी हुन् स्पेनबाट विश्वकप खेल्न नपाउने राम्रा १३ खेलाडी (स्क्वाड सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here