यी हुन् स्पेनबाट विश्वकप खेल्न नपाउने राम्रा १३ खेलाडी (स्क्वाड सहित)

बार्सा नेपाल । आउँदो विश्वकपको लागि स्पेनका प्रशिक्षक जुलेन लापेतेगुईले २३ सदस्यि खेलाडीको घोषणा गरिसकेको छ । तर, उनले केही खेलाडीहरुलाई टिममा स्थान नदिएको भन्दै उनको आलोचना भएको छ । स्पेनको घरेलु लिग ला लिगा सर्वोत्कृष्ट लिग हुने क्रममा रहँदा त्यहा फुटबल खेलाडीहरु धेरै भन्दा धेरै उत्पादन हुँदै आइरहेका छन् । हरेक प्रशिक्षकले स्क्वाड निकाल्दा केही महत्वपूर्ण खेलाडीहरु छुट्ने हुँदा उनीहरुले चर्को आरोप खेप्नुपरेको छ ।

यहाँ हामीले स्पेनले रसिया विश्वकपको लागि खेलाडी छनोट गरिसकेको अवस्थामा केही छुटेका खेलाडीहरुलाई समेटेर प्लेइङ इलाभेन स्क्वाड बनाएका छौं ।

गोलकिपर

इकर क्यासिलास (पोर्टो)

डिफेन्डर

मार्क बार्टा (रियल बेटिस)
जाभी मार्टिनेट (बार्यन म्युनिख)
सर्जी रोबर्टो (बार्सिलोना)
मार्कोस अलन्सो (चेल्सी)

मिडफिल्डर

सेस फाब्रिगास (चेल्सी)
जुआन माटा (म्यान्चेस्टर युनाइटेड)
एन्डर हेरेरा (म्यान्चेस्टर युनाइटेड)

फरवार्ड

पेड्रो रोड्रिवेज (चेल्सी)
अल्भारो मोराटा (चेल्सी)
जोसे कालेजोन (नापोली)

बैकल्पिक खेलाडी

डिफेन्डर हेक्टर बेलेरिन (आर्सनल)

मिडफिल्डर डेनिस स्वारेज (बार्सा)

२२ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि स्पेनको खेलाडी सूचीमा को-को परे ? को परेनन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here