सिजनको अन्तिम खेलमा बार्सिलोना विजयी

बार्सा नेपाल । बार्सिलोनाले सिजन २०१७–१८ को अन्तिम खेलमा जित हासिल गरेको छ । केहीबेरअघि घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोलले हराएको हो ।

खेलमा बार्सिलोनाको लागि दोस्रो हाफमा फिलिप कोउटिन्होले गरेको गोल नै निर्णायक रह्यो । उक्त गोलको लागि लुईस स्वारेजले एसिस्ट प्रदान गरेका हुन् ।

कप्तान आन्द्रेज इनियष्टाको लागि रियल सोसिडाडसँगको खेल नै अन्तिम बन्यो उनले ८२ मिनेटसम्म खेले ।

खेलमा बार्सिलोनाले ४ वटा प्रहार पोटमा गरेको थियो भने सोसिडाडले २ वटा प्रहार मात्रै फ्रेममा गरेको थियो ।

जारी सिजनको लागि उपाधि जितेको खुसियालीमा क्याम्प नाउमा विशेष कार्यक्रमको आयोजना पनि गरिएको थियो ।

कार्यक्रम अन्तर्गत डिजेबाट सांगीतिक प्रस्तुति, क्याटालान संस्कृति झल्कने झाँकी तथा बाजाहरुको प्रयोग गरिएको थियो ।

बार्सिलोनाले खेलपछि ला लिगा उपाधि पनि उचालेको छ ।

२१ मे २०१८ मा प्रकाशित

शब्दले बर्णन गर्न नसकिने डन इनियष्टा ‘सि यू अगेन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here