क्याम्प नाउमा ८४ हजार १ सय ६८ जनाले बनाए ‘अनन्त इनियष्टा’ मोजेइक

बार्सा नेपाल । बार्सिलोनाले सिजनकै अन्तिम खेल रियल सोसिडाडबिरुद्ध खेलेको छ । खेलमा बार्सिलोनाले शनिबार सार्वजनिक गरेको नयाँ जर्सी लगाएर क्लबका खेलाडीहरु मैदानमा प्रवेश गरेका थिए ।

इनियष्टाको अन्तिम खेल भएकोले क्याम्प नाउमा ८४ हजार १ सय ६८ दर्शकहरुले इनियष्टाको सम्मानमा विशेष मोजेइक बनाएका थिए ।

बार्सिलोनाको सिनियर टिममा १६ वर्ष तथा बार्सिलोनासँग २२ वर्ष सँगै रहँदै आएका इनियष्टा प्रति सम्मान गर्दै मोजेइकमा INFINIT INIESTA अर्थात ’अन्नत इनियष्टा’ लेखिएको थियो । उक्त मोजाइक खेलाडीहरु टनेलबाट आउने भागको अगाडिपट्टी रहेको थियो । साथै दुबै गोलपोष्टको पछाडि पट्टी उनले लगाउने जर्सी नम्बर ८ लाई नै सांकेतिक रुपमा ∞ (इन्फिनिटा)को संकेत राखिएको थियो । त्यस्तै, भिआईपी प्याराफिटपट्नी क्याटालोनियाको झण्डा तयार गरिएको थियो ।

साथै खेलअघि सोडिसाडका कप्तान तथा उनले क्लबको प्रतिनिधित्व गर्दै उपहार साटासाँट गरेका थिए ।

खेलमा इनियष्टाले विशेष खालको बुट पनि लगाएका थिए ।

२१ मे २०१८ मा प्रकाशित

NEXT MATCH: बार्साले टोटनहम, रोमा तथा एसी मिलानसँग प्रि–सिजन खेल्ने

अन्तिम खेलअघि इनियष्टाको भावुक सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here