मेसी यूरोपको उच्च गोलकर्ता मात्रै होइनन्, एउटा पूर्ण खेलाडी

बार्सा नेपाल । ला लिगा सिजन २०१७-१८ आइतबारबाट सकिएको छ । ला लिगाको सबै खेल सकिँदा बार्सिलोनाका लियोनल मेसीले सर्वाधिक गोल गरे । उनले ३४ गोल गर्दा ला लिगाको उच्च गोदकर्तालाई दिइने पीचीची उपाधि पनि आफ्नो नाममा राखे भने यूरोपमा पनि उच्च गोलकर्ता ठहरिइ, यूरोपियन गोल्डेनबुट पनि आफ्नै नाममा राखे ।
मेसी उच्च गोलकर्ता मात्रै होइनन् । सर्वाधिक एसिस्ट गर्ने सूचीमा पनि अघि नै रहे उनले जम्मा १२ वटा एसिस्ट गरे ।

मेसी ५ पटक यूरोपको उच्च गोलकर्ता हुँदा उनले सिजन २००९-११ मा १० एसिस्ट, सिजन २०१०-११ मा १८ एसिस्ट, २०११-१२ मा १६ एसिस्ट, २०१२-१३ मा १२ एसिस्ट, २०१३-१४ मा ११ एसिस्ट, २०१४-१५ मा १८ एसिस्ट, २०१५-१६ मा १६ एसिस्ट, २०१६-१७ मा ९ एसिस्ट तथा २०१७-१८ मा १२ एसिस्ट प्रदान गरेका हुन् ।

त्यस्तै ला लिगामा पनि सर्वाधिक १ सय ५२ वटा सट प्रहार गरे ।

२१ मे २०१८ मा प्रकाशित

मेसीको पोल्टामा पाँचौं पटक यूरोपियन गोल्डेनबुट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here