लोन वाचः इन्टर मिलानले च्याम्पियन्स लिगको लागि स्थान बनायो

बार्सा नेपाल । इटालियन क्लब इन्टरमिलानले आगामी वर्षको च्याम्पियन्स लिगको लागि स्थान पक्का गरेको छ । आइतबार राति लात्सियोसँगको संघर्षपूर्ण खेलमा जित निकालेपछि इन्टर सेरिया एको अन्तिम ४ मा पुगेको हो ।

लात्सियाको घरेलु मैदानमा सम्पन्न खेलमा इन्टर ३–२ गोलले विजयी भएको हो । खेलमा घरेलु टोली ९ खेलाडीमा सीमित भएको थियो । खेलको ७९ औं मिनेटमा सेनाड लुलिक तथा खेलको अन्तिम समयमा पाट्रिसले रातो कार्ड पाएका थिए ।
घरेलु टोली पहिलो हाफमा २–१ गोलले अगाडि रहे पनि दोस्रो हाफमा भने निरिह बनेको थियो ।

खेलमा ला मासिया उत्पादन राफिन्हाले पनि स्थान बनाएका थिए । यसै सिजनको सरुमा बार्सिलोनाबाट लोनमा इन्टर पुगेका उनको प्रदर्शन राम्रो थियो । उनले ६८ मिनेट मैदानमा बिताए ।

अंक तालिका

२१ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here