शब्दले बर्णन गर्न नसकिने डन इनियष्टा ‘सि यू अगेन’

बार्सा नेपाल । आन्द्रेज इनियष्टा ! एक मानविय गुण भएको, सफल मार्गदर्शक, चलाख, काल्पनिक तर यथार्थ, प्रयोगात्मक, मानवता भएको, सुन्दर, अर्केष्ट्राको चालक, धेरै खेलाडीको कल्पना, भिजन भएको, शुद्धता भएको, कलात्मक, असल व्यक्तित्व, विशेष, राम्रो उदाहरण, अद्भूत, कसैले छुन नसक्ने, सरलता, कौशलता भएको, राम्रो सहकर्मी, बल नियन्त्रण गर्ने क्षमता भएका, अनुमान नै लगाउन नसक्ने, दिग्द, गुणस्तरिय, अत्यान्तै राम्रो, सुन्दरता, उच्चस्तरको, विशेष, क्लबप्रति इमान्दा, जादुगर, सबै जितेका, कतै पनि नपाइने, राम्रो, असल नेता, सहयोगी, विशेष गुण भएको, बयान नै गनै नसकिने… यी फुटबलका हस्तीहरुले इनियष्टालाई दिएको उपनाम हो ।

सन् १९९६ देखि निरन्तर बार्सिलोनाको जर्सीमा उत्रेका आन्द्रेज इनियष्टाले क्लबबाट बिदा लिएका छन् । सिजन २०१७–१८ को अन्तिम खेल रियल सोसिडाडसँग खेलेर इनियष्टाले बिदाई लिएका हुन् । उनको सम्मानमा बार्सिलोनाले यसअघि विशेष कार्यक्रमहरुको आयोजना गरिसकेको छ । उनको अन्तिम खेलमा पनि उनीप्रति सद्भाव देखाउँदै क्याम्प नाउमा विशेष मोजेइक बनेको थियो ।

इनियष्टाको जन्म ११ मे १९८४ मा स्पेनको फुन्टेनबिलामा भएको हो । ला मासियाका उत्पादन इनियष्टा फुटबल करिअरमा सफल खेलाडी हुन् । त्यतीमात्रै होइन उनी यस्तो प्रतिभा हुन् जसलाई विरोधीहरुले पनि ताली बजाएर सम्मान व्यक्त गर्छन् ।

इनियष्टाले बार्सिलोनामा २२ वर्ष बिताए । उनले सिनियर टिममा मात्रै १६ वर्ष बिताए । उनी सन् १९९६ मा अल्बाकाटेबाट बार्सिलोनाको युथ टिममा आएका हुन् । उनले सन् २००१ देखि २००३ सम्म बार्सा बी बाट खेले । बार्सा बी बाट ५४ खेल खेल्दा उनले ५ गोलको योगदान पनि गरे । बार्सा बी मा हुँदा उनले सन् २००२ मा सिनियर टिमबाट खेल्ने मौका पाए । उनले हालसम्म पनि सिनियर टिमबाट खेले ।

साथै इनियष्टा स्पेनका राष्ट्रिय टिममका मुख्य खेलाडी पनि हुन् । उनी सन् २००० देखि स्पेनको राष्ट्रिय टोलीको हिस्सा बन्दै आइरहेका छन् । उनले सन् २००० मा स्पेनको अन्डर १५ मा डेब्यू गर्ने मौका पाए । त्यसपछि अन्डर १६, अन्डर १७, अन्डर १९, अन्डर २०, अन्डर २१ हुँदै सन् २००६ देखि स्पेनको राष्ट्रिय टोलीको प्रमुख मध्येका एक सदस्य बने । साथै सन् २००४ देखि २००५ सम्मा क्याटालोनियाको खेलाडी समेत भए ।

बार्सिलोनाको जर्सीमा १६ वर्ष खेल्दा उनले जित्नुपर्ने सबै उपाधि जिते । उनी बार्सिलोनामा आबद्ध भएपछि ९ वटा ला लिगा, ६ वटा कोपा डेल रे, ७ वटा सुपर कोपा, ४ वटा च्याम्पियन्स लिग, ३ वटा युइएफए सुपर कोपा, ३ वटा फिफा क्लब विश्वकप सहित ३२ वटा उपाधि जित्यो ।

त्यस्तै राष्ट्रिय टिमको लागि सन् २०१० को विश्वकप, सन् २००८ र २०१२ मा यूरोकप, सन् २००२ मा अन्डर १९ यूरो कप तथा सन् २००१ मा अन्डर १७ यूरोपकप जित्दा महत्वपूर्ण भूमिका निभए ।

व्याक्तिगत उपाधिहरु,

२१ मे २०१८ मा प्रकाशित

क्याम्प नाउमा ८४ हजार १ सय ६८ जनाले बनाए ‘अनन्त इनियष्टा’ मोजेइक

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here