विश्वकपको लागि स्पेनको खेलाडी सूचीमा को-को परे ? को परेनन् ?

बार्सा नेपाल । आगामी विश्वकपको लागि स्पेनले २३ सदस्यिय खेलाडी घोषणा गरेको छ । खेलाडी सूचीमध्ये १७ जना ला लिगा खेल्ने खेलाडी रहेका छन् । सो मध्येबाट ४ जना बार्सिलोनाका खेलाडी रहेका छन् । बार्सिलोनाका खेलाडीहरुमा आन्द्रेज इनियष्टा, सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके र जोर्डी अल्बा रहेका छन् । सर्जी रोबर्टोले भने रसिया विश्वकपमा यात्रा गर्न पाउनेछैनन् । उनलाई प्रशिक्षक जुलेन लोपेतेगुईले स्वाडमा नराखेका हुन् । त्यस्तै चेल्सीका अल्भारो मोराटा, मार्को अलन्सो तथा भिटोलोले पनि स्थान बनाउन सकेनन् ।

खेलाडी सूची

गोलकिपरः

डी गेया, रैना र केपा

डिफेन्डरः

कार्भाहाल, ओडिरियोजोला, पिके, रामोस, नाचो, एज्पेइलोकोयटा, जोर्डी अल्बा र मोन्रियल

मिडफिल्डरः
बुस्क्वेट्स, साउल, कोके, थियागो, इनियष्टा र सिल्भा

फरवार्डः
इस्को, एसेन्सियो, भास्क्वेज, आइगो आसपास, रोड्रिगो र डिएगो कोस्टा

२१ मे २०१८ मा प्रकाशित

विश्वकपको लागि बेल्जियमको टोलीमा भर्माइलिन सहित २३ जनाको टुंगो लाग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here