मेसीको पोल्टामा पाँचौं पटक यूरोपियन गोल्डेनबुट

बार्सा नेपाल । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले पाँचौं पटक यूरोपियन गोल्डेन बुट जितेका छन् । मेसी यूरोपका लिगहरुमध्ये सबैभन्दा बढी गोल गर्ने खेलाडी भएसँगै उपाधि उनको नाममा रहेको हो ।

मेसीले यूरोपियन लिगमध्ये सबैभन्दा बढी गोल बार्सिलोनाको लागि गरे । उनले लिगमा ३४ गोल गरेका हुन् । भने उनका प्रतिस्पर्धीका रुपमा रहेका लिभरपुलका खेलाडी मोहम्मद सहाले मात्र ३२ गोल गर्न सफल रहे ।

मेसीले ला लिगाको ३४ औं खेलमा ह्याट्रिक र ३५ औं खेलमा रियल मड्रिड बिरुद्ध पनि गोल गरेपछि उनी उच्च गोलकर्ताको सूचीको अग्रस्थानमा आएका थिए । त्यस्तै भिलारियल बिरुद्धको खेलमा पनि उनले गोल गरेसँगै उनको गोलसंख्या ३४ पुगेको हो ।

सँगै प्रतिस्पर्धामा रहेका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले पनि बार्यनको अन्तिम खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् ।

यूरोपियन फुटबल लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई यूरोपियन गोल्डेन बुट अवार्ड सन् १९६७ देखि प्रदान गर्दै आइरहेको छ । रोनाल्डोले यो अवार्ड पहिलो पटक पाएका थिए । उनले सिजन १९९६–९७ को सिजनमा ३४ गोल गरेका थिए । त्यसपछि सिजन २००९–१० मा लियोनल मेसीले ३४ गोल, २०११–१२ मा ५० गोल, २०१२–१३ मा ४६ गोल, २०१६–१७ मा ३७ गोल गरेर मेसीले उक्त अवार्ड जितेका थिए ।

२१ मे २०१८ मा प्रकाशित

शब्दले बर्णन गर्न नसकिने डन इनियष्टा ‘सि यू अगेन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here