सोसिडाडासँग इनियष्टाको प्रदर्शन ∞, अन्य खेलाडीको कस्तो ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनाले सिजनको अन्तिम खेलमा जित हासिल गरेको छ । आइतबार राति घरेलु मैदान क्याम्प नाउमा सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि १–० गोलको जित दर्ता गरेको हो । जितको लागि कोउनिन्होको गोल नै निर्णायक बन्न पुग्यो ।

यहाँ हामीले सोसिडाडबिरुद्ध बार्साका खेलाडीहरुको प्रदर्शन कस्तो भनेर प्लेयर्स रेटिङ्ग तयार गरेका छौं । रेटिङ्गका पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ७

खेलको दोस्रो मिनेटमा नै सोसिडाडका विलियन झोसेले गरेको हेडिङ्ग प्रहारलाई बचाए । खेलको सातौं मिनेटमा पनि सोसिडाडका जानुजाइले गरेको प्रहारलाई पनि उनले बचाए । उनले डिफेन्डर तथा मिडफिल्डरहरुसँग मिलेर खेल खेले । ला लिगा अन्तिम खेलमा क्लिन सिट राख्न सफल भए ।

नेल्सन सेमेडो ७

विश्वकपको लागि राष्ट्रिय टिममा नपरेका समेडोले अन्तिम खेल राम्रो खेले । रक्षात्मक तथा आक्रमक खेलमा उनी सफल भए ।

जेरार्ड पिके ८

पिकेले १९ औं कर्नरबाट पाएको एसिस्टलाई गोल परिणत गर्न सकेनन् । यद्यपी सोसिडाडका अग्रभागबाट खेल्ने खेलाडीहरुलाई नियन्त्रणमा लिन सफल भए । विशेष गरेर उनले एयर बलमा उनको नियन्त्रण बढी थियो ।

यारी मिना ७

खेलको १४ औं मिनेटमा यारी मिनाले विपक्षीले पाएको गोल गर्नेअवसरलाई रोके । लेभान्टेबिरुद्ध अत्यान्तै खराव प्रदर्शन गरेका उनी सोसिडाडाबिरुद्ध राम्रो खेलाडीको रुपमा प्रस्तुत भए ।

जोर्डी अल्बा ७

खेलको ३६ औं मिनेटमा अल्बासँग यारी मिना ठोक्किन पुग्दा खेल नै रोकिन पुग्यो । तर खेल अवधिभर नै उनी सलिड खेलाडीको रुपमा प्रस्तुत भए ।

सर्जियो बुस्क्वेट्स ८

बुस्क्वेट्सको प्रदर्शन सोसिडाडाविरुद्ध पनि सुन्दर रह्यो । विपक्षीको खेल्ने रणनीतिलाई भत्काउने, डिफन्डर तर मिडफिल्डरको भूमिका निर्वाहमा उनी सफल रहे

इभान राकेटिच ७.५

पहिलो हाफमा गालकिपर टेर स्टेगनसँग समेत पास खेल्न भ्याएका राकेटिचले पहिलो हाफको अन्त्यतिर पाहुना टिमले पाएको गोल गर्ने अवसरलाई बिफल बनाइदिए । समग्रमा उनको खेल प्रभावकारी थियो ।

आन्द्रेज इनियष्टा ∞

इनियषटको अन्तिम खेल विशेष थियो । उनले अत्यान्तै राम्रो खेले । हरेक पटक उनको खुट्टामा बल पर्दा दर्शकहरु उनलाई समर्थन गरिरहेका हुन्थे । उनले बार्साको जर्सीमा अन्तिम खेल ८२ मिनेटसम्म खेले । बार्सिलोनामा २२ वर्ष सर्भ गरेका उनको रेटिङ्ग ∞ रहेको छ ।

कोउटिन्हो ७.५

खेलको ५७ औं मिनेटमा कोउटिन्होले डिबक्स बाहिरबाट अत्यान्तै सुन्दर गोल गरे । उनको प्रहारलाई सोसिडाडका गोलकिपरले जज नै गर्न सकेनन् । कोउटिन्होले सिजनकै अन्तिम खेल ६७ मिनेट खेल्न पाए । उनैको गोलमा बार्सा विजयी भयो ।

लुइस स्वारेज ७

पहिलो हाफमा स्वारेजले केही गोल गर्ने अवसर पाए पनि गोल भने गर्न सकेनन् । तर दोस्रो हाफमा कोउटिन्होको गोलको लागि स्वारेजले पास मिलाईदिए । मेसीको आगमनपछि उनी अझै आक्रामक रुपमा खेलमा प्रस्तुत भए ।

ओस्माने डेम्बेले ७

डेम्बेलेले पहिलो हाफमा केही सुन्दर पास बनाए । १९ औं मिनेटमा कर्नर प्रहार गरी पिकेको स्थानमा बल पुर्याइदिए । पहिलो हाफमा डेम्बेलेले अत्यान्तै राम्रा मुभहरु बनाए । तर, उनलाई खेलको ५३ औं मिनेटमा मैदान बाहिर ल्याइयो ।

बैकल्पिक खेलाडी

डेनिस स्वारेज ७

प्रशिक्षक अर्नेष्टो भालभर्डेले ५३ औं मिनेटमा डेम्बेलेको स्थानमा डेनिस स्वारेजलाई पठाए । डेनिसले ६९ औं मिनेटमा गोल गर्ने अवसर त्यसै खेर फाले । उनले केही बलहरु सुन्दर ढंगले डेलिभर गरे ।

लियोनल मेसी ७.५

लियोनल मेसी खेलको ६७ औं मिनेटमा कोउटिन्होको स्थानमा मैदान प्रवेश गरेका हुन् । खेलको ७७ औं मिनेटमा स्वारेज र मेसीले गोलको लागि राम्रो तालमेल गरे । स्वारेजको पासमा मेसीले हेडिङ्ग गरे तर विपक्षी गोलकिपर मोयाले विफल बनाइदिए ।

पाको अल्कासर

८२ औं मिनेटमा आन्द्रेज इनियष्टाको स्थानमा मैदान प्रवेश गरेका पाकोको प्रदर्शन राम्रो नै थियो ।

२१ मे २०१८ मा प्रकाशित

NEXT MATCH: बार्साले टोटनहम, रोमा तथा एसी मिलानसँग प्रि–सिजन खेल्ने

शब्दले बर्णन गर्न नसकिने डन इनियष्टा ‘सि यू अगेन’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here