ग्रिजम्यानलाई बार्सिलोना आउन मेसीको आग्रह

बार्सा नेपाल । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टानियो ग्रिजम्यानलाई बार्सिलोनामा आउन आग्रह गरेको समाचार प्रकाशित भएको छ । समाचार अनु्सार मेसीले ग्रिजम्यानलाई बार्सिलोनाको अवस्था राम्रो रहेको, खेलमा थप सुधार हुने साथै धेरै कुरा सिक्न पाइने भन्दै बार्सिलोना आउन आग्रह गरेका हुन् ।

पछिल्लो समय बार्सिलोना ग्रिजम्यानलाई भित्र्याउन आतुर रहेको छ । त्यसबारेमा क्लबका अध्यक्ष जोसेप मारिया बार्तोमेउले पनि सकारात्मक संकेत देखाइसकेका छन् । बार्तोमेउले यसअघि ग्रिजम्यान तथा उनका एजेन्टलाई समेत भेटिसकेका छन् ।

पीएसजीका स्ट्राइकर नेयमारलाई रियल मड्रिडले भित्र्याउने प्रयास गरिहँदा बार्सिलोनाले पनि अर्को स्ट्राइकरको खोजी गरेको हो । खोजीको क्रममा सबैभन्दा राम्रो खेलाडीको रुपमा ग्रिजम्यानलाई भेटेको स्पेनिस संचारमाध्यमहरुले जनाएको छ ।

२० मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here