कस्तो रह्यो रियल मड्रिडको ला लिगा सिजन २०१७–१८ ?

बार्सा नेपाल । रियल मड्रिडको लागि सिजन २०१७–१८ को ला लिगा सिजन सकिएको छ । शनिबार राति भिलारियलसँगको खेलमा रियल २–२ गोलको बराबरीमा रोकिएसँगै रियलको लागि ला लिगाको खेल सकिएको हो ।

रियलले कूल ३८ खेल खेल्दा २२ खेलमा जित, १० खेलमा बराबरी तथा ६ खेलमा हार व्यहोरेर कूल ७६ अंक जोडेर लिगको तेस्रो स्थानमा चित्त बुझाएको हो । लिगमा केही क्लबले अझै १ खेल बाँकी रहे पनि रियल तेस्रो स्थानमा नै रहने पक्का भएको छ ।

अब रियलले च्याम्पियन्स लिगको उपाधिको लागि मे २७ मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।

रियलले जारी सिजनमा जम्मा ९४ गोल गर्न सक्यो । रियलको लागि सर्वाधिक गोल क्रिस्टियानो रोनाल्डोले गरे । उनले जम्मा २६ गोल गरे । बार्सिलोनाका लियोनल मेसीभन्दा उनी ८ गोलले पछि परेका हुन् । मेसीले अझै १ खेल खेल्न बाँकी नै रहेको छ ।

त्यस्तै रियलका करिम बेन्जेमाले जारी सिजनमा १० वटा एसिस्ट प्रदान गरे । उनी बार्सिलोनाका मेसी (१२ एसिस्ट), भिलारियलका पाब्लो फोनाल्स (१२ एसिस्ट) बार्सिलोनाका स्वारेज (११ एसिस्ट) पछि उनी चौथो स्थानमा परेका हुन् ।

२० मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here