MATCH DAY: सिजनको अन्तिम खेल, बार्सिलोना बिरुद्ध रियल सोसिडाड

बार्सा नेपाल । बार्सिलोनाले जारी सिजनको अन्तिम खेल सोमबार बिहान साढे १२ बजे घरेलु मैदान क्याम्प नाउमा खेल्दैछ । ला लिगा उपाधि जितिसकेको बार्साले मध्यमस्तरको प्रदर्शन गरेको रियल सोसिडाडसँग खेल खेल्न लागेको हो ।

आजको खेलपछि बार्सिलोनाले उत्कृष्ट मिडफिल्डर कप्तान आन्द्रेज इनियष्टालाई गुमाउँदैछ । उनले केही महिनाअघि नै क्लब छोड्ने निधो गरेको कारणल उनको सम्मानमा बार्साले बिभिन्न कार्यक्रमको आयोजना पनि गर्दै आइरहेको छ । बार्साले उनको सम्मानमा खेल अघि आज नै विशेष मोजेइक बनाउँदैछ ।

साथै आजकै खेलमा बार्सिलोानाका खेलाडीहरु सिजन २०१८ १९ को नयाँ जर्सीको साथमा मैदानमा उत्रदैछन् । उक्त जर्सी शनिबार सार्वजनिक गरिएको हो । खेलपश्चत जर्सीको बिक्री बितरण पनि शुरु हुने छ ।

खेलाडी सूची

 

यसअघिको पहिलो चरणको खेलमा बार्सिलोनाले रियल सोसिडाडमाथि ४–२ गोलको जित निकालेको थियो । उक्त खेलमा रियल सोसिडाड २–० गोलले अगाडि रहेको थियो । खेलको ११ औं मिनेटमा विलियान झोसे तथा ३४ औं मिनेटमा जुआन्मीले गोल गरेका थिए । तर, खेलमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गरेको थियो । ३९ औं मिनेटमा ३९ पाउलिन्हो, ५० औं तथा ७१ औं मिनेटमा लुइस स्वारेज तथा ८५ औं मिनेटमा लियोनल मेसीले गोल गरेका थिए ।

आजको खेलसँगै बार्साका अधिकांश खेलाडीहरु अन्तर्राष्ट्रिय खेलको लागि आ आफ्नो देशतर्फ लाग्नेछन् भने कतिपय खेलाडी बिदा मनाउनेछन् ।

२० मे २०१८ मा प्रकाशित

बार्सिलोनाको सिजन २०१८–१९ को जर्सी किन्दा यी कुराहरुमा ध्यान दिनुहोस्

इनियष्टाको अन्तिम खेलमा सम्मानस्वरुप यस्तो बन्दैछ मोजेइक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here