बार्सिलोना बीले काडिजलाई हरायो, रेलिगेशनबाट बच्नसक्ने सम्भावना कायमै

बार्सा नेपाल । आइतबार राति सम्पन्न खेलमा बार्सिलोना बीले काडिजलाई हराएसँगै रेलिगेसनबाट बच्ने सम्भावनालाई थोरै भएपनि बलियो बनाएको छ ।

घरेलु मैदान मिनी स्टेडियममा सम्पन्न खेलमा बार्सा बीले काडिजलाई ३–१ गोलले हराएको हो । बार्सा बीको लागि खेलको १६ औं तथा २६ औं मिनेटमा मार्क कार्डोनाले गोल गरे भने पहिलो हाफको अन्तिम समयमा माटिस नाहुयल लेइभाले गोल गरे ।

पहिलो हाफमा ३–० गोले अगाडि रहेको बार्सा बीले दोस्रो हाफमा थप गोल गर्न सकेन । खेलको ८९ औं मिनेटमा पाहुना टोलीको लागि अल्भारो गार्सियाले सान्त्वना गोल गरे ।

खेलसँगै बार्सिलोना बी लिगको १९ औं स्थानमा उक्लेको छ । अब लिगमा २ खेल खेल्न बाँकी रहेको अवस्थामा बार्सा बीले दुबै खेल जितको खण्डमा र अल्कोरकोन र लियोन्साले खेल हारेको खण्डमा बार्सिलोना बी रेलिगेशनबाट बच्न सक्छ । नजिता आफ्नो पक्षमा भन्दा पनि आफूभन्दा माथि रहेका ती क्लबहरुको बिपक्षमा आएको खण्डमा बार्सा बी रेलिगेसनबाट उम्कन सक्छ ।

अंक तालिका

२० मे २०१८ मा प्रकाशित

भालभर्डेले भने ‘ला मासियाले अवसर पाउने गरि २०–२२ जनाको स्क्वाड बन्छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here