इनियष्टाको बिदाई, फुटबलका हस्तीहरुले सम्मानस्वरुप यस्तो भिडियो सन्देश पठाए

बार्सा नेपाल । बार्सिलोनाले कप्तान आन्द्र्रेज इनियष्टालाई एक कार्यक्रमको आयोजना गरेर विदाइ गरेको छ । शुक्रबार राति क्याम्प नाउमा क्लबले वर्तमान् खेलाडी, पूर्व खेलाडी, पदाधिकारीहरु तथा अन्य व्यक्तिहरुको उपस्थितिमा उनलाई बिदार्ई गरिएको हो ।

कार्यक्रममा आन्द्रेज इनियष्टाको बार्सिलोनामा आबद्धता देखि हालसम्मको उत्कृष्ट सम्झनाहरुलाई समाबेश गरिएको करिब ७ मिनेटको भिडियो पनि समाबेश गरिएको थियो ।

कार्यक्रममा बार्साका पूर्ब कप्तान जाभी हर्नान्डेजको पनि उपस्थिति रहेको थियो । उनले इनियष्टा निकै फरक खेलाडी रहेको कुरा उल्लेख गरे ।


त्यस्तै, रियलका पब्लिक रिलेसन व्यवस्थापक इमिलियो बुत्राइगिनोले उनी निकै असल खेलाडी रहेको कुरा उल्लेख गरे ।

इनियष्टाको बिदाइमा फुटबलका लिजेन्डहरुले उनको सम्मानमा भिडियो सन्देशहरु पनि पठाएका छन् । भिडियोमा हरेक खेलाडीहरुले फरक शब्द प्रयोग गरेर इनियष्टाप्रति माया तथा सद्भाव दर्शाएका छन् ।

भिडियो,

इनियष्टाले बार्साको जर्सीमा मे २१ मा रियल सोसिडाडबिरुद्ध अन्तिम खेल खेल्दैछन् । उक्त खेलको लागि बार्साले घरेलु मैदान क्याम्प नाउमा उनैको सम्मानमा विशेष मोजेइनकको निर्माण गर्दैछ ।

१९ मे २०१८ मा प्रकाशित

इनियष्टाको अन्तिम खेलमा सम्मानस्वरुप यस्तो बन्दैछ मोजेइक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here