मेसी र अर्जेन्टिनाका खाँटी प्रशंसक नेपाली किर्तीमानी खेलाडी दीपक विष्ट

बार्सा नेपाल । लियोनल मेसी अन्तर्राष्ट्रिय फुटबलले पाएको इतिहासकै सर्वोत्कृष्ट खेलाडी हुन् । दीपक विष्टचाहिँ नेपाली खेलकुद इतिहासका सबैभन्दा सफल खेलाडी । दक्षिण एसियाली खेलकुदमा नेपाललाई लगातार चार स्वर्ण पदक दिलाउनुका साथै एसियाली खेलकुदमा समेत नेपालको लागि कांस्य पदक उचालेका दीपक छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दुई नेपालमध्येका एक हुन् ।

दीपक तेक्वान्दोको एरिनामा उत्रिन छोडेको धेरै भइसक्यो र तर खेलाडीका रुपमा सन्यास लिए पनि उनको खेलकुद सक्रियता घटेको छै, बरु बढेकै होला । प्रशिक्षकको रुपमा राष्ट्रिय टोलीका खेलाडीहरुलाई तिखार्न बाह्रै महिना व्यस्त रहेने दीपक व्यवसायबाट पनि खेलकुदसँगै जोडिएका छन् । खेल्न छोडेपछि उनले नयाँ बानेश्वरमा खेलसामग्रीकै पस ‘स्पोर्ट् युनिभर्स’ चलाइरहेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका निवर्तमान अध्यक्ष भएकाले खेलाडीका सुख–दुखमा हम्मेसि सथा रहनुपर्दा उनको व्यस्तता झनै बढेको छ । एउटा खेल अभियान्ताको अर्को पहिचान पनि दिलाएको छ ।

बेइजिङ ओलम्पिकमा दीपक विष्ट

आफू तेक्वान्दोका पूर्वखेलाडी र प्रशिक्षक भए पनि दीपक टिम खेलका खाँटी प्रशंसक हुन् । तेक्वान्दोमा करियर सुरु गर्नुअघि उनी भलिबलको जिल्लास्तरका राम्रा खेलाडीमा गनिन्थे । टिम खेलमा फुटबल उनको प्यारो खेल हो । त्यसैले जुन १४ बाट सुरु हुने विश्वकपको ज्वरोले उनलाई तताइसकेको छ ।

दीपक अर्जेन्टिनाका ‘फ्यान’ हुन् । आगामी विश्वकपमा उनले अर्जेन्टिनाको सबै खेल हेर्ने योजना पनि बनाइसकेका छन् । ‘अन्तर्राष्ट्रिय खेलाडीमा मलाई मेसी सबैभन्दा मनपर्ने स्टार हुन् । त्यसैले उनको टोलीले जितोस् भन्ने चाहना राखेर विश्वक  हेर्नेछु । अर्जेन्टिना आफैँमा पनि बलियो टोली हो । त्यसैले जित्ने सम्भावना छ । तर खेल हो एउटाले जित्छ । समर्थन पनि एउटालाई नै गरिन्छ, जित र हारले त्यसमा अर्थ राख्दैन’ दीपकले नागरिकसँग भने ।

उनले थपे ‘मेसीले उनको क्लब बार्सिलोनालाई सबै उपाधि जिताइसकेका छन् । व्यक्तिगत रुपमा उनी पाँच पटक बलोन डी ओर विजेता भइसके । तर देशका लागि भने उनले कुनै ठूलो उपाधि जित्न सकेका छैनन् । अर्जेन्टिनाको जर्सीमा उनले जितेको भनेको २००८ को बेइजिङ ओलम्पिक मात्र हो । देशका लागि सिनियर स्तरमा पनि एउटा विश्वकप जित्न सके भने मेसीको करियर अझै पूर्ण हुन्छ ।

मेसीले २००८ मा ओलम्पिक जित्दा दीपक पनि तेक्वान्दोमा भाग्ग जाँचन बेइजिङमै थिए । बेइजिङ यात्रा दीपकका लागि व्यक्तिगत रुपमा ऐतिहासिक थियो । कुनै थप उपलब्धि हासिल गर्न नसके पनि त्यो उनका लागि त्यतिकै स्मरणीय यात्रा बन्यो ।

आफूलाई सबैभन्दा मनपर्ने सुपरस्टार मेसीसँग उनी एउटै ओलम्पिक भिलेजमा बसेका थिए । जहाँ मेसी र उनको कोठा नजिकै थियो । त्यसबारेमा उनले भने ‘सबभन्दा मनपर्ने मानिसलाई भेट्दा खुसी लाग्नु स्वभाविक थियो । तर म उनको व्यवहारले झनै प्रभावित भएँ । एउटा फुच्चे, सालिन, ट्याइँफ्याइँ नगर्ने केटोको रुपमा मैले उनलाई देख्ने गर्थेँ । त्यहीँ मैले अमेरिकी बास्केटबल स्टार कोबे ब्राइन्टलाई पनि देखेँ । उनी सुरक्षगार्डसहित हिँड्ने गर्ने । तर मेसीलाई यस्तो कुराको मतलब नै थिएन । उनी अत्यान्तै शालीन थिए । मानिस जति ठूलो भए पनि सानो हुन जान्नुपर्छ भन्ने मैले मेसीबाट सिकेँ । मसँगको भेटमा पनि उनले एउटा ‘फ्यान’लाई दिनुपर्ने माया मीठो मुस्कानका साथ दिए ।’ नागरिकको सहयोगमा ।

१९ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here