बार्सा युथ एकेडेमीका रिक्वी पुजलाई भित्र्याउन टोटनहम इच्छुक

बार्सा नेपाल । बार्सिलोनाको युथ एकेडेमीका १८ वर्षीय खेलाडी रिक्वी पुइगलाई इंग्लिस क्लब टोटनहमले भित्र्याउने इच्छा देखाएको छ । टोटनहमका प्रशिक्षक मौरिसियो पोचेटिन्हो उनको खेलबाट प्रभावित भएकोले उनले क्लबमा आबद्ध गराउने सम्भावना धेरै रहेको स्पोर्टका पत्रकार अल्बर्ट रोजले बताएका छन् ।

पुज क्लाटालानका खेलाडी हुन् । सन् १९९९ को अगष्ट १३ मा जन्मेका उनी सन् २०१३ मा बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध भएका हुन् । मिडफिल्डर पुइगले जारी सिजनमा बार्सा बीबाट डेब्यू पनि पाइसकेका छन् ।

जुभिनिल एले सिजन २०१७–१८ को युथ च्याम्पियन्स लिग जित्दा उनी पनि मुख्य खेलाडी थिए ।

१९ मे २०१८ मा प्रकाशित

अपराजित बार्सिलोनालाई युथ च्याम्पियन्स लिगको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here