‘बार्सिलोना छोडेकोमा नेयमारलाई पछुत्तो’

बार्सा नेपाल । बार्सिलोनाका निर्देशक जाभियर बोर्डासले ब्राजिलियन नेयमारलाई बार्सा छोडेकोमा पछुत्तो भइरहेको बताएका छन् । नेयमारलाई चिरप्रतिद्धन्द्धी क्लब रियल मड्रिडले भित्र्याउने प्रयास गरिरहँदा उनले बार्सिलोना छोडेर पछुत्ताएको कुरा बताएका हुन् ।

एक स्पेनिस टेलिभिजन कार्यक्रम एल चिरिङ्गगितोमा कुरा गर्दै उनले बार्सिलोनामा राम्रो खेलिरहेका नेयमारलले पीएसजी गएर पछुत्तो मानेको बताए । उनले थपे ‘यदि नेयमार रियल जान्छन् भने पनि केही आपत्ति छैन ।

रियलका प्रशिक्षक जिनेदिन जिदान तथा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई भित्र्याउन इच्छुक रहेको कुरा बताइसकेका छन् । जिदानले त झनै रियलका रोनाल्डोसँग नेयमारको तालमेल मिल्ने कुरा समेत बताइसकेका छन् ।

विश्वकै महँगो खेलाडी बन्दै नेयमार गत अगष्टममा बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । उनको स्थानान्तरण रकम २२२ मिलियन यूरो रहेको थियो ।

यद्यपी नेयमारको प्रदर्शनले नै पीएसजीले घरेलु उपाधिहरु जितेको छ । साथै दुई महिना चोटको कारण मैदान बाहिर रहे पनि उनी लिग वान् को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

सोही कार्यक्रममा एथ्लेटिको मड्रिका स्ट्राइकर एन्टोनियो ग्रिजम्यानको खेल आफूले हरेको र उनी राम्रो खेलाडी भएको प्रतिक्रिया दिएका थिए । साथै उनले एथ्लेटिको मड्रिडले यूरोपा जितेकोमा पनि बधाई दिए ।

१८ मे २०१८ मा प्रकाशित

‘रोनाल्डो बार्सिलोनाबाट इन्टर मिलानको बाटो हुँदै रियल मड्रिड गएका थिए’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here