बार्साका खेलाडी डेम्बेले र उम्टीटी फ्रान्सको अन्तिम २३ मा अटाए

उम्टीटीसँग विश्वकपको तयारी गरिरहेको फोटो

बार्सा नेपाल । आगामि विश्वकपको लागि यूरोकपको उपविजेता फ्रान्सले अन्तिम २३ खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा बार्सिलोनाका खेलाडीद्वय ओस्माने डेम्बेले र स्यामुअल उम्टीटी अटाएका छन् । तर, फ्रान्सका प्रशिक्षकले यसपटक सबैलाई आश्चर्य पार्दै यो सूची सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सूचीमा आर्सनलका स्ट्राइकर लाकाजेटी, म्यानचेस्टर युनाइटेडका स्टाइकर एन्थोनी मार्सल, डिमिरिट पायट जस्ता खेलाडी अटाएका छैनन् ।

गोलकिपर:

एल्फोन्से एरोला (पीएसजी) हुगो लोरिस (टोटनहम) स्टीभ मान्डाण्डा (मार्से)

डिफेन्डरः

लुकास हर्नानडेज (एथ्लेटिको मड्रिड), प्रेस किमपेम्बे (पीएसजी), बेन्जामिन मेण्डे (म्यान्चेस्टर सिटी), बेन्जामिन पभार्ड (स्टुगार्ट), अदिल रामिल (मार्से), डिजब्रिल सिडिबे (मोनाको), सामुअल उम्टीटी (बार्सिलोना), राफायल भराने (रियल मड्रिड)

मिडफिल्डरः

एन गोलो कान्टे (चेल्सी), ब्लेस मटुण्डी (युभेन्टस), स्टीभन एन्जोन्जी (सेभिया), पाउल पोग्वा (म्यान्चेस्टर युनाइटेड), कोरेन्ट टोलिसो (बार्यन म्युनिख)

स्ट्राइकरः

ओस्माने डेम्बेले (बार्सिलोना), नाबिल फेकिर लियोन), ओलिभर जिरोर्ड (चेल्सी), एन्टोनियो ग्रिजम्यान (एथ्लेटिको मड्रिड), थोमस लिमार (मोनाको), फ्लोर थाउभिन (मार्से), किलियन एम्बाप्पे (पीएसजी)

१८ मे २०१८ मा प्रकाशित

विश्वकपको युरुग्वेको खेलाडी सूचीमा स्वारेज सहित २६ जना

मुनिरलाई झट्का, मोरक्कोबाट विश्वकप खेल्ने नपाउने

डिफेन्डिङ च्याम्पियन जमर्नीद्वारा विश्वकपको लागि खेलाडी छनोट

विश्वकपको लागि अर्जेन्टिना र ब्राजिलद्वारा प्रारम्भीक खेलाडी घोषणा (सूची सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here