फर्केर हेर्दाः आर्सनललाई हराएर च्याम्पियन्स लिग जितेको त्यो रात…

बार्सा नेपाल । बार्सिलोना सिजन २००५–२००६ को च्याम्पियन्स लिग विजेता हो । उक्त सिजनको फाइनमा बार्सिलोनाले इंग्लिस क्लब आर्सनललाई २–१ गोलले हराएको थियो । फ्रान्सको स्टेड डी फ्रान्समा भएको खेल २००६ को मे १७ मा भएको थियो । उक्त खेलमा बार्सिलोनाले कमब्याक गरेर जितेको हो । खेलको ३७ औं मिनेटमा आर्सनलको लागि क्याम्पबेलले गोल गरेका थिए । तर दोेस्रो हाफमा बार्सिलोना बलियो भएर प्रस्तुत भएको थियो । खेलको ७६ औं मिनेटमा स्यामुअल इटो तथा ८० औं मिनेटमा ओलिगरको स्थानमा मैदान प्रवेश गरेका बेलेटिले गोल गरेर बार्सिलोनालाई उपाधि जिताएका थिए ।

खेलमा बार्सिलोनाको समग्र बल पोसेसन ६४ प्रतिशत थियो भने २० वटा प्रहार आर्सनलको पोस्टमा गरेको थियो भने आर्सनलले मात्र ८ वटा प्रहार मात्रै गरेको थियो । जसमध्ये बार्सिलोनाको ९ वटा तथा आर्सनलको ५ वटा प्रहार पोस्टमा लागेको थियो ।

उक्त फाइनलको म्यान अफ द म्याच स्यामुअल इटो भएका थिए ।

खेलमा बार्सिलोनाको स्टार्टिङ लाइनअप

गोलकिपरः

  • भिक्टोर भाल्डेस (फुटबलबाट सन्यास लिएका)

डिफेन्डरः

  • राफेल मार्कोइज (मेक्सिकन क्लब एट्लासका खेलाडी)
  • कार्लेस पुयोल (फुटबलबाट सन्यास)
  • ओलिगर प्रिसास (फुटबलबाट सन्यास)
  • जियोभानी भान ब्रोन्कहोस्र्ट (हाल फिनोन्हर्डका व्यवस्थापक)

मिडफिल्डरः

  • जोसे इडिमिल्सन (हाल सेराका खेलाडी)
  • डेको (फुटबलबाट सन्यास)
  • मार्क भान बोमेल (अष्ट्रेलियाको सहायक प्रशिक्षक)

स्ट्राइकरः

  • लुडोभिक गुइली (फुटबलबाट सन्यास)
  • स्यामुअल इटो (कोयान्सपुरका खेलाडी)
  • रोनाल्डिन्हो (फुटबलबाट सन्यास)

प्रशिक्षक

  • फ्रांक राइकार्ड (बार्सिलोना पछि गालाटासरे तथा साउदी अरेबियाको टिम सम्हालेका तर हाल फुटबलबाट निश्कृय)

१७ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here