मैत्रिपूर्ण खेलमा सनडाउन्सलाई हराएर बार्साले जित्यो ‘मन्डेला स्यान्टिनरी कप’

बार्सा नेपाल । साउथ अफ्रिकन लिग च्याम्पियन मामेलोडी सनडाउन्सलाई बार्सिलोनाले हराएको छ । बुधबार राति नेल्सन मन्डेलाप्रति विशेष सम्मान व्यक्त गर्दै भएको मैत्रिपूर्ण खेलमा बार्सिलोना ३ १ गोलले विजयी भएको हो ।

बार्सिलोनाको लागि खेलको तेस्रो मिनेटमा नै ओस्माने डेम्बेलेले १९ औं मिनेटमा लुईस स्वारेज तथा ६७ औं मिनेटमा आन्द्रे गोमेजले गोल गरेका थिए । सनडाउन्सले ७६ औं मिनेटमा एक गोल फर्काएको थियो । उक्त गोल सनडाउन्सका लागि सिबुसिसोले गरे । बार्सिलोनाका सिनियर टिम तथा बार्सा बीका खेलाडीहरु खेलमा सहभागी भएका थिए ।

स्टार स्ट्राइकर लियोनल मेसीले अन्तिम १६ मिनेट मात्रै खेले ।

मैत्रिपूर्ण खेलमा विजय भएसँगै बार्सिलोनाले मन्डेला स्यान्टिनरी कप पाएको छ ।

१७ मे २०१८ मा प्रकाशित

NEXT MATCH: सिजनको अन्तिम खेल बार्सिलोनाबिरुद्ध रियल सोसिडाड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here