इनियष्टाको अन्तिम खेलमा सम्मानस्वरुप यस्तो बन्दैछ मोजेइक

बार्सा नेपाल । इनियष्टाको अन्तिम खेलको लागि बार्सिलोनाले अत्यान्तै सुन्दर मोजेइक तयार गर्ने भएको छ । बार्सिलोनाको सिनियर टिममा १६ वर्ष तथा बार्सिलोनासँग २२ वर्ष सँगै रहँदै आएका इनियष्टाको मोजाइक रियल सोसिडाडसँग घरेलु मैदान क्याम्प नाउमा हुने सिजनको अन्तिम खेलमा देखाइने भएको छ ।

मोजेइकमा INFINIT INIESTA अर्थात ‘अन्नत इनियष्टा’ लेखिनेछ । उक्त मोजाइक खेलाडीहरु टनेलबाट आउने भागको अगाडिपट्टी रहनेछ साथै दुबै गोलपोष्टको पछाडि पट्टी इनियष्टाको उच्च मूल्यांकन गर्दै उनले लगाउने जर्सी नम्बर ८ लाई नै सांकेतिक रुपमा ∞ (इन्फिनिटा)को संकेत राखिनेछ । त्यस्तै, भिआईपी प्याराफिटपट्नी क्याटालोनियाको झण्डा तयार हुनेछ ।

खेलाडीहरु मैदान प्रवेश गरेर बार्साको एन्थम बजेपछि क्याम्प नाउमा उपस्थित समर्थकहरुले उक्त मोजेइक तयार गर्नेछन् ।
भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस्

https://www.fcbarcelona.com/football/first-team/news/2017-2018/fc-barcelona-andres-iniesta-farewell-mosaic-real-sociedad-camp-nou

बार्सिलोना र रियल सोसिडाडबीचको खेल मे २१ तारिखको बिहान साढे १२ बजे नेपाली समयअनुसार सुरु हुनेछ ।

१६ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here