केहीबेरमा सुरु हुने सनडाउन्स र बार्सिलोनाबीचको खेल ९५ हजारले प्रत्यक्ष रुपमा हेर्ने

बार्सा नेपाल । केही बेरमा सुरु हुने मामेलोडी सानडाउन्स र बार्सिलोनाबीचको मैत्रिपूर्णको खेल ९४ हजार ७ सय ३६ जनाले प्रत्यक्ष रुपमा हेर्दैछन् । सिजनको अन्त्य हुनै लाग्दा बार्सिलोनाले उक्त क्लबसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।

साउथ अफ्रिकाका चर्चित नेता नेल्सन मन्डेलाको सम्मानको लागि आयोजना गरिएको मैत्रिपूर्ण खेलको लागि बार्साका खेलाडीहरु बुधबार साउथ अफ्रिका पुगिसकेका छन् । मैत्रिपूर्ण खेलको आयोजना साउथ अफ्रिकाको सरकार तथा पाट्रिस मोट्पे फाउन्डेसनले गरेको हो ।

सनडाउन्ससँगको खेलमा मेसी पहिलो हाफमा नखेल्ने भएका छन् ।

खेल साउथ अफ्रिकाकै जोन्सबर्गस्थित एफएनबी रंगशालामा हुन लागेको हो । उक्त रंगशालको दर्शक क्षमता ९४ हजार ७ सय ३६ जना रहेको छ । मामेलोडी र बार्सिलोनाको खेलको लागि बिक्रीमा राखिएको टिकट सोमबार साँझसम्म सोल्ड आउट भइसकेको छ ।

बार्साका खेलाडी एफएनबी रंगशाला पुग्दा सनडाउन्सका अध्यक्षले स्वागत गरेका थिए ।

खेल १० बजेटबाट सुरु हुनेछ ।

दक्षिण एशियाली देशहरुको लागि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हेर्न सम्भाव छैन । यद्यपी हामी तपाईहरुलाई अनलाईन लिंकहरु दिने प्रयास गर्नेछौं । कृपया हामीसँग रहनुहोला ।

१६ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here