मिडियासँग प्राय टाढै रहने मेसीको पढ्नैपर्ने विशेष अन्तर्वार्ता

बार्सा नेपाल । प्रायः मिडियाबाट टाढा रहने बार्सिलोनाका खेलाडी लियोनल मेसीको एक विशेष अन्तर्वाता प्रकाशित भएको छ । करिब ४२ मिनेट लामो अन्तर्वातामा मेसीले फुटबलसँग आफ्नो सम्बन्ध, बार्सिलोना बसाई, राष्ट्रिय टिम अर्जेन्टिना, समकक्षी खेलाडी, अन्य खेलाडीहरु लगायतको विषयमा बोलेका छन् ।

यहाँ हामीले मेसीसँगको विशेष अन्तर्वार्ताको छोटकरी प्रस्तुत गरेका छौं ।

– ‘मलाई अन्तवार्ताहरुमा सहभागी हुन खासै मन लाग्दैन, मलाई मिडियामा बोल्न सहज लाग्दैन ।’

– ‘सन् २०१४ को फाइनलमा भोगेको पराजय सम्झदा दुःख लाग्छ तर कम्तीमा पनि हामी फाइनल पुग्न सफल भयौं ।’

– ‘पछिल्लो १० वर्षमा हाम्रो (अर्जेन्टिना राष्ट्रिय) ३ वटा फाइनलमा पुग्यो । यो हाम्रो उचाई हो ।’

– ‘मैले राष्ट्रिय टिमबाट सन्यास दिँदा जसले सपनाको लडाइँ गर्छ उनीहरुलाईगलत सन्देश दिएछु । त्यसैले हामी सपना पुरा गरेर छोड्न लडिरहेका छौं ।’

– ‘स्पेनसँगको ६–१ गोलको हारले राष्ट्रिय टिमको अवस्था कस्तो छ भनेर बताउँदैन । हामी पहिलो हाफमा बलियो थियौं । हामीसँग पोसेसन थियो र गोलको लागि अवसरहरुपनि सृजना गरेका थियौं ।’

– ‘म सर्जियो अगुइरोसँग खेल्न रुचाउँछु तर त्यसको मतलव म म्यान्चेस्टर सिटी जान्छु भन्ने होइन ।’

– ‘अगुइरोले ग्वार्डिवलाको प्रशिक्षबाट धेरै कुरा पाएका छन् । ग्वार्डिवला विश्वको उत्कृष्ट प्रशिक्षक मध्येका एक हुन् । उनले खेलाडीमा अदृश्य परिवर्तन ल्याइदिन्छन् ।’

– ‘साम्पाओलीले हामीसँग धेरैभन्दा धेरै खोजेका छन् । उनी सँधै खेलाडीहरुबाट शतप्रतिशत नतिजाको अपेक्षा गर्छन् ।’

– ‘म बार्सिलोना छोड्न उद्दत छैन । यो विश्वकै उत्कृष्ट टिम हो, विश्वको उत्कृष्ट सहर पनि हो । मेरो बच्चाहरुको साथी पनि यहीँ नै छन् । मलाई अन्त जान आवश्यक नै छैन । साथै मलाई कतै गएर केही प्रमाणित गर्नु नै छैन ।’

– ‘मैले सबैभन्दा बढी विजय उत्सव मनाएको भनेको च्याम्पियन्स लिग फाइनल जित्दा हो ।’

– ‘मैले आफूले आफूलाई कहिल्यै म विश्वको उत्कृष्ट भनेको छु नत दोस्रो या तेस्रो ।’

– ‘मलाई विश्वको उत्कृष्ट बनेर इतिहास लेखाउनु छैन । म कसैसँग प्रतिस्पर्धा पनि गरिरहेको छैन । केवल मेरो खेलस्तर कसरी सुधार्ने भन्ने चिन्ता छ ।’

– ‘म क्रिस्टियानोसँग प्रतिस्पर्धामा छैन । तर रियलले च्याम्पियन्स लिग जित्दा आफ्नो टिम पनि त्यसमा सफल होस् जस्तो लाग्छ । हामी हरेक सिजन च्याम्पियन बन्न सकौं ।’

– ‘यदी नेयमार रियल मड्रिडको जर्सीमा देखिए भने त्यो भयानक हुनेछ ।’

– ‘मड्रिसँग खेलाडी छन् । उनीहरु उत्कृष्ट मध्येको एक टिम हो । उनीहरुले कहिलेकाँही नराम्रो खेलेर पनि सुखद् नतिजा ल्याउँछन् । हामी उनीहरुलाई सँधै परास्त गर्न चाहान्छौं ।’

– ‘म इमान्दार बनेर भन्ने हो भने जारी सिजनको च्याम्पियन्स लिग हाम्रो लागि अत्यान्तै नराम्रो भयो । हामी पहिल्यै सेमीफाइनल पुगेका थियौं तर नतिजा हाम्रो पक्षमा आएन ।’

– ‘स्वारेजसँग मैदान बाहिर हुने सम्बन्धले हाम्रो खेल अझै सुध्रिएको छ । म खेलाडीको रुपमा सुध्रिएको छु, मेरो व्याक्तित्वको विकास भएको छ । हाम्रो सम्बन्ध निकै राम्रो छ ।’

– ‘मलाई आफ्नो खेल हेर्न मन लाग्दैन । तर म परिवर्तित खेलाडी भएको छु । केही वर्षदेखि खेलमा नयाँपन दिन थालेको छु ।’

– ‘इनियष्टा र मैले सँगसँगै करिअर सुरु गरेका हौं । हामीले कयौं राम्रो समय सँगै बिताएका छौं ।’

– ‘बार्सा र अर्जेन्टिनासँग मेरो प्रेम छ ।’

– ‘मलाई थाहा छैन फुटबलबाट सन्यास लिएपछि म के गर्छु । प्रशिक्षक बन्छु भनेर पनि कुनै योजना बनाएको छैन । जिदानले पनि प्रशिक्षक बन्छु भनेर भनेका थिएनन् तर अहिले उनी प्रशिक्षक बनेका छन् । म हरेक दिन रमाइलो तरिकाले बिताइरहेको छु । मेरो बच्चाहरुसँग रमाइरहेको छु ।’

– ‘लकर रुपमा म मेरा हरेक सहकर्मीहरुसँग हुने प्रयास गर्छु ।’

– ‘आजको फुटबल धेरै योजनाब४ तरिकाले खेलिने हुँदा प्रतिस्पर्धा गर्न निकै कठिन छ । मैदानमा खोली ठाउँ भेट्न निकै कठिन छ ।’

– ‘हामी विश्वकप जित्नको लागि जे पनि गर्न तयार छौं । हामी जित्नको लागि प्रयास गर्छैं ।

१६ मे २०१८ मा प्रकाशित

मेसी यूरोपकै उच्च गोलकर्ता र ड्रिबलर, ला लिगामा पनि उनकै दबदबा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here