ग्वार्डिवला वर्षकै उत्कृष्ट प्रशिक्षक

बार्सा नेपाल । म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिवला उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । लिग प्रशिक्षक संघ इंग्ल्याण्डले ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको हो ।

उनले पाँच अन्य प्रशिक्षकलाई पछि पार्दै अवार्ड हात पारेका हुन् । उनले लिभरपुलका जुर्गेन क्लोप, बनर्लेका सियान डिच, उफ्सका नुने इस्प्रिटियो, कार्डिफका नेइल वार्नेक तथा अरिङ्गटोनका स्ट्यान्लिज जोनलाई पछि पार्दै उपाधि हाता पारेका हुन् ।
स्पेनका ग्वार्डिवलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल गर्दै सिटीलाई इतिहासकै सबैभन्दा ठूलो सफलता दिलाएका थिए । यससँगै आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत जितेको थियो ।

ग्वार्डिवला बार्सिलोनाका एक सफल प्रशिक्षक हुन् । सन् २००७–२००८ सम्म बार्सिलोना बी सम्हालेका उनले सन् २००८ देखि २०१२ सम्म बार्सिलोनाको सिनियर टिमलाई सम्हालेका थिए । बार्सिलोनामा छँदा एकै सिजन ६ वटा उपाधि बार्सिलोनालाई जिताएका थिए । साथै टिकी–टाका शैलीको खेल खेलाउने उनलाई बार्सा समर्थकहरुले निकै मान्ने गरेका छन् ।
पेप बार्सापछि बार्यनका प्रशिक्षक बनेका थिए । त्यसपछि उनी म्यान्चेस्टर सिटी आएका हुन् ।

१६ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here