भालभर्डेले भने ‘ला मासियाले अवसर पाउने गरि २०–२२ जनाको स्क्वाड बन्छ’

बार्सा नेपाल । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले आगामि सिजनमा बार्साको स्क्वाड २० देखि २२ जनासम्मको बनाउने बताएका छन् । संचारकर्मीहरुसँग कुरा गर्दै भालभर्डेले युवा खेलाडी (ला मासिया)हरुलाई अवसर दिनेगरि स्क्वाड बनाउने बताएका हुन् ।

त्यस्तै, भालभर्डेले कार्लेस एलेना र ओरिवल बुस्क्वेट्सलाई पहिलो टिममा ल्याउने समेत बताएका छन् । संचारकर्मीहरुसँग कुरा गर्दै उनले थपे ‘सिजनको अन्त्यपछि बार्सा बीका खेलाडीहरुको अध्यायन गर्नु आवश्यक छ त्यसपछि मात्रै अन्य थप खेलाडीहरु को–कोलाई प्रोट गर्न सकिन्छ त्यसबारेमा थप निर्णय गरिनेछ । तर, कार्लेस एलेना भने सिनियर टिममै रहने छन् ।’ उनले थपे ‘ओरियल बुस्क्वेट्को अवस्थाको बारेमा पनि थप अध्यायन गरिनेछ । यदि उनी पूर्ण रुपमा फिट भएको खण्डमा उनी पनि सिनियर टिममा हुनेछन् । बुस्क्वेट्स हामीलाई चाहिने खेलाडी हुन् ।’

बुस्क्वेट्स हाल चोटको कारण मैदान बाहिर रहेका छन् ।

१५ मे २०१८ मा प्रकाशित

‘गुड बाई यारी मिना !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here