‘गुड बाई यारी मिना !’

बार्सा नेपाल । आइतबार सम्पन्न लेभान्टेसँगको खेलमा बार्साका प्रशिक्षक अर्नेष्टो भालभर्डेले डिफेन्डर यारी मिनाप्रति विश्वास गरेर डिफेन्स लाइनको जिम्मेवारी दिए । तर, उक्त खेलमा अपेक्षा विपरित मिनाको प्रदर्शन निकै खराव रह्यो ।

बार्साको डिफेन्स लाइन कमजोर बन्नुमा उनको प्रदर्शन पनि गतिलो नहुनु हो । मिनालाई बार्सामा जेरार्ड पिके, उम्टीटी, भर्माइलिन, (मास्चेरानो)जस्ता डिफेन्डर हुँदा पनि भालभर्डे धेर थोर खेल्ने अवसर दिए । उनले हालसम्म ला लिगामा १ सय ९० मिनेट खेलिसकेका छन् । तर, लेभान्टेसँगको प्रदर्शनले उनको बार्सा भविष्य अनिश्चित बनेको छ ।

आइतबारको खेलमा खराव प्रदर्शन गरेपछि पनि मिनालाई भालभर्डेले सुधारको लागि अवसर दिए । तर अन्तिमसम्ममा पनि उनको खराव लय कायम नै रह्यो । मिनाले कयौं पटक बार्साका खेलाडीहरुसँग अभ्यास गरे तै पनि उनी लयमा नआएको कारणले बार्साले उनलाई लोनमा पठाउने सम्भावना प्रवल रहेको छ । प्रिमियर लिग क्लब लिभरपुलले उनलाई लोनमा लिन चाहिरहेको छ । त्यस्तै अन्य क्लबहरुले पनि उनलाई लोनमा लिने इच्छा व्यक्त गरेका छन् ।

१५ मे २०१८ मा प्रकाशित

भालभर्डेले भने ‘ला मासियाले अवसर पाउने गरि २०–२२ जनाको स्क्वाड बन्छ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here