भर्माइलिनलाई निको हुन २-३ हप्ता लाग्ने

बार्सा नेपाल । आइतबार सम्पन्न लेभान्टे बिरुद्धको खेलमा घाइते भएका बेल्जियमका डिफेन्डर थोमास भर्माइलिन विश्कप अगाडि ठिक हुने भएका छन् ।

गेटाफेको घरेलु मैदानमा सम्पन्न खेलमा भर्माइलिन घाइते भएका थिए । उनको दाहिने खुट्टामा हामस्ट्रिमिङ भएको हो । चोट लाग्ने बित्तिकै उनले वैकल्पिक खेलाडी मागेका थिए । उनको सट्टमा भालभर्डेले जेरार्ड पिकेलाई मैदानमा पठाएका थिए ।

सोमबार भएको भर्माइलिनको थप मेडिकल परिक्षणपछि उनको चोट निको हुन करिव ३ हप्ता लाग्ने बताइएको छ । यद्यपी उनले बेल्जियमबाट विश्वकपको तयारी खेल भने गुमाउन सक्नेछन् ।

१४ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here