लेभान्टेसँग लज्जास्पद हार व्यहोर्नुमा को दोषी ? (प्लेयर्स रेटिङ्ग)

बार्सा नेपाल । बार्सिलोनासँगको खेलको लागि अन्तिम १८ जनाको खेलाडी सूची सार्वजनिक गर्दा लेभान्टेका प्रशिक्षक पाको लोपेजले भनेका थिए ‘बार्सिलोना जारी सिजनमा बलियो टिम हो तर, हाम्रा खेलाडीहरु उनीहरुसँग खेल्नको लागि तयार छ ।’ साथै उनले थपेका थिए ‘फुटबल हो यहाँ जे पनि हुन्छ हामी बार्सिलोनालाई हराएर हाम्रो आफ्नै रेकर्ड कायम गर्न चाहान्छौं ।’ आखिर लेभान्टेसँगको खेलमा बार्सिलोनाले लज्जास्पद पराजय व्यहोरिछाड्यो ।

सिजनको ३६ खेलसम्म अपराजित रहँदै आएको बार्सिलोनाले लेभान्टेको घरैमा ३७ औं खेल अर्थात सिजनको अन्तिम अवे खेलमा ५–४ गोलको पराजय व्यहोर्यो ।

बार्सिलोनाको लागि सबैभन्दा ठूलो सजायँ लियोनल मेसीलाई आराम दिनु नै भयो । मेसीलाई प्रशिक्षक अर्नेष्टो भालभर्डेले अन्तिम १८ जना खेलाडीको सूचीमा नै राखेनन् । लेभान्टेलाई खेलको हारबाट केही गुमाउनु नै थिएन । सोही कारणले निकै आक्रामक भए बार्सिलोनासामु उत्रियो तर, त्यस्तो हुनसक्छ भन्ने कुरालाई ध्यान नै नदिइ बार्साका प्रशिक्षक अर्नेष्टो भालभर्डेले मैदानमा केही कमजोर खेलाडीहरु उतारे र प्रभावकारी रणनीति पनि बनाउन सकेनन् । सोही कारणले बार्सिलोनाले एउटा ‘लज्जास्पद हार’ इतिहासमा लेखायो । त्यस्तै केही खेलाडी बाहेक अन्यको प्रदर्शन पनि राम्रो थिएन ।
लेभान्टेसँग पराजित हुँदा कुन खेलाडीको प्रदर्शन कस्तो भनेर रेटिङ्ग तयार पारेका छौं ।

सुवास गौलीले तयार पारेको रेटिङ्गको पूर्ण अंक १० रहेको छ ।

टेर स्टेगन ५.५

खेलको ३० मिनेटभित्र बार्सिलोनाको डिफेन्स लाइनले गम्भीर गल्ती गर्दा बोटेइङले दुई गोल गर्न भ्याए । टेर स्टेगनले बल बचाउने प्रयास गरेका हुन् तर, उनी सफल हुन सकेनन् । टेर स्टेगनलाई नयाँ डिफेन्डर यारी मिना र अर्को डिफेन्डर थोमास भर्माइलिनसँग खेल्न निकै गाह्रो भयो । बार्सामा टेर स्टेगनले यतिका टिटो भिलानोभाको अभ्यास खेलमा मात्रै खाएका थिए । खेलमा टेर स्टेगनले गोल खानुबाहेक अन्य कुनै गल्ती भने गरेनन् ।

नेल्सन सेमेडो ४

पहिलो हाफको २० मिनेटसम्म घरेलु टिमले निकै बलियोसँग आक्रमण गर्दा सेमेडो डिफेन्स लाइनमै व्यस्त भए । खेलको ४२ औं मिनेटमा सेमेडोले डिबक्स बाहिरबाट राम्रो प्रहार गरे तर उनी सफल हुन सकेनन् । लेभान्टेसँग पछि परिरहेको स्थितिमा सेमेडो अनियन्त्रित रुपमा कुदिरहे । जसको फाइदा लेभान्टेका इम्यानुयल बोटेङ तथा इनिस बार्डीले उठाए ।

यारी मिना ३

स्टार्टिङ लाइनअपमा नै अवसर पाएका मिना खेलको सुरुमा आत्मविश्वासी देखिएनन् । ३० मिनेटभित्र दुई गोल खानुमा उनको गम्भीर गल्ती देखिन्छ । उनीबाट बार्साले निकै विश्वास गरेको थियो तर उनको प्रदर्शन निकै लज्जास्पद नै रह्यो । इमान्दारिताका साथ भन्नुपर्दा लेभान्टेसँग मिना अपाङ्गजस्तै देखिए ।

थोमास भर्माइलिन ४

खेलको सुरुदेखि नै घरेलु मैदानको फाइदा उठाउँदै लेभान्टेले कयौं पटक आक्रमण गर्यो । सोही कारणले बार्साका डिफेन्डरहरु दवावमा आए । खेलको २० औं मिनेटमा नै भर्मालिनले पँहेलो कार्ड भेटे । मिनासँग तथा नजिकै रहेका बुस्क्वेट्स र राकेटिचसँग पास खेल्न नै सकेनन् । हामस्ट्रिमिङको कारण उनले २७ औं मिनेटमा नै मैदान छोड्नुपर्यो ।

जोर्डी अल्बा ४

लेभान्टेले अपत्यारिलो तरिकाले दवाव सृजना गरेपछि उनको खेल्ने स्थान अग्रपंत्ति हुँदै होइन । उनले पास दिने व्यक्ति नभेटेका हुन् या उनी खेल्नको निम्ति तयार नै थिएनन् त्यो उनैलाई थाहा होला तर, अघिल्ला खेलहरुमा जस्तो प्रदर्शन अल्बाबाट आएन ।

सर्जियो बुस्क्वेट्स ५

बार्साको डिफेन्डर र मिडफिल्डको ब्रिज बुस्क्वेट हुन् । तर डिफेन्स नै कमजोर भएपछि उनको नै के लाग्थ्यो र । उनले सहज ढंगले खेल्न नै सकेनन् । उनी थाकेको जस्तो देखिन्थे ।

इभान राकेटिच ४

राकेटिचले जतिसुकै बल अगाडि लगे पनि लेभान्टेका खेलाडीहरु बाधक बने । अग्रभागसँग तालमेल नै मिलाउन सकेनन् ।

आन्दे्रज इनियष्टा ५

इनियष्टाको अन्तिम अवे खेल सम्झनलायक हरेन । खेलमा उनले फर्कन उनले प्रयार जारी राखे पनि सफल भने भएनन् ।

कोउटिन्हो ९

व्याक्तिगत रुपमा कोउटिन्होको प्रदर्शन राम्रो रह्यो । उनी एक्लैले ३ गोल गरे । खेलको सुरुमा त कोउटिन्होले अग्रपंत्तिका स्वारेज र डेम्मेलेसँग तालमेल नै गर्न सकेनन् । तर, डिबक्सभित्रबाट अन्य खेलाडी सफल नभएको अवस्थामा उनले डिबक्स बाहिरबाटै लेभान्टेमाथि दवाव सृजना गरे

डेम्बेले ४

डेम्बेले खेलमा निकौ छिटो खेल्ने खेलाडीको रुपमा देखिए । उनले २५ औं मिनेटमा डिबक्सभित्रबाट गरेको प्रहार डिफ्लेक्ट भइ बाहिरियो । तर त्यसपछिका हरेकक प्रयास खेर गयो । उनको आक्रमण नै टार्गेटमा भएन ।

स्वारेज ५

पहिलो हाफमा बार्सिलोनाको अट्याक सफल हुन सकेन । तर कोउटिन्होले ३८ औं मिनेटमा गरेको गोलमा उनले एसिस्ट प्रदान गरे । साथै पेनाल्टीमाफर्त सहज गोल गरी खेलमा फर्कन पनि खोजे सफल भएनन् ।

बैकल्पिक खेलाडी

जेरार्ड पिके ६

३२ औं मिनेटमा पिके आइसकेपछि बार्सिलोको डिफेन्समा सुधार देखियो । पिकेले पहिलो हाफको अन्तिममा पनि एक उत्कृष्ट बचाउ गरे । खेलमा उनी निकै संयमित भएर जित्नको लागि खेले । उनको ध्यान सबैभन्दा बढी अपराजित यात्रामा थियो ।

पाको अल्कासर ५

६० औं मिनेटमा डेम्बेलेको स्थानमा आएका अल्कासरले डेम्बेलेको भन्दा राम्रो खेले तर उनी पनि मैदानमा हराइरहेका थिए ।

डेनिस स्वारेज ६

६० औं मिनेटमा इनियष्टाको स्थानमा मैदान प्रवेश गरेका डेनिसले बल नियन्त्रणमा लिए । अग्रभागसम्म बल पुर्याए । तर उनको प्रयास पनि खेर गयो ।

लेभान्टेका खेलाडीहरु

  • ओलाजाबाल ५
  • कोके ६
  • पोस्टिगो ६
  • पियर ६
  • लुना ७
  • मोरालेस ८
  • लुकिक ६
  • काम्पाना ७
  • बार्डी ९
  • मार्टी ७
  • बोइटेङ्ग ९

१४ मे २०१८ मा प्रकाशित

मेसीबिना उत्रेको बार्सिलोना लेभान्टेसँग पराजित

NEXT MATCH: मामेलोडी बिरुद्ध बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here