पाँच औं पटक मेसीले यूरोपियन गोल्डेनबुट जित्ने लगभग पक्का

बार्सा नेपाल । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले पाँचौं पटक यूरोपियन गोल्डेन बुट जित्ने लगभग पक्का भएको छ । मेसीले यूरोपियन लिगमध्ये सबैभन्दा बढी गोल बार्सिलोनाको लागि गर्न सफल रहे । उनले लिगमा १ खेल खेल्न बाँकी छँदा नै ३४ गोल गरिसकेका छन् । भने उनका प्रतिस्पर्धीका रुपमा रहेका लिभरपुलका खेलाडी मोहम्मद सहाले मात्र ३२ गोल गर्न सफल रहे ।

सहालले प्रिमियर लिगको अन्तिम खेलमा ब्राइटनबिरुद्ध १ गोल गरे । खेलमा उनलाई च्याम्पियन्स लिगको फाइनल भिडन्तको लागि प्रशिक्षक क्लोपले मैदान बाहिर राखेपछि मेसीले व्यक्तिगत उपाधि जित्ने सम्भावना प्रवल भएको हो ।
मेसीले ला लिगाको ३४ औं खेलमा ह्याट्रिक र ३५ औं खेलमा रियल मड्रिड बिरुद्ध पनि गोल गरेपछि उनी उच्च गोलकर्ताको सूचीको अग्रस्थानमा आएका थिए । त्यस्तै भिलारियल बिरुद्धको खेलमा पनि उनले गोल गरेसँगै उनको गोलसंख्या ३४ पुगेको हो ।

सँगै प्रतिस्पर्धामा रहेका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीले पनि बार्यनको अन्तिम खेलमा राम्रो प्रर्दशन गर्न सकेनन् ।
मेसीको गोलभन्दा नजिक अब लात्सियोका सिरो इमोबाइल रहेका छन् । सेरिया एमा अब लात्सियोले एक खेल मात्रै खेल्न बाँकी छ । उक्त खेलमा इमोबाइलले कम्तीमा पनि ५ गोल गर्नुपर्ने हुन्छ । मेसीले अझै लिगमा एक खेल खेल्न बाँकी नै छ ।
यूरोपियन फुटबल लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई यूरोपियन गोल्डेन बुट अवार्ड सन् १९६७ देखि प्रदान गर्दै आइरहेको छ । रोनाल्डोले यो अवार्ड पहिलो पटक पाएका थिए । उनले सिजन १९९६–९७ को सिजनमा ३४ गोल गरेका थिए । त्यसपछि सिजन २००९–१० मा लियोनल मेसीले ३४ गोल, २०११–१२ मा ५० गोल, २०१२–१३ मा ४६ गोल, २०१६–१७ मा ३७ गोल गरेर मेसीले उक्त अवार्ड जितेका थिए ।

१४ अप्रिल २०१८ मा प्रकाशित

मेसीबिना उत्रेको बार्सिलोना लेभान्टेसँग पराजित

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here