मेसीबिना उत्रेको बार्सिलोना लेभान्टेसँग पराजित

बार्सा नेपाल । बार्सिलोनाको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । जारी सिजनको कुनै पनि खेलमा हार न ब्यहोरेको बार्सिलोनाले लेभान्टसँग पहिलो हार व्यहोरेको हो । केही बेरअघि लेभान्टेको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ५–४ गोलले पराजित भएको हो ।

खेलमा बार्सिलोना लियोनल मेसीबिना उत्रेको थियो । खेलमा घरेलु तथा पाहुना टोली दुबैका खेलाडीले ह्याट्रिक गरेका थिए । लेभान्टेको लागि खेलको ९ औं, ३० तथा ४९ औं मिनेटमा इम्यानुयल बोटेङले गोल गरेका थिए । त्यस्तै, लेभान्टेकै लागि ४६ औं मिनेटमा तथा ५६ औं मिनेटमा इनिस बार्डीले गोल गरेकाक थिए ।

पाहुन टोली बार्सिलोनाको लागि फिलिप कोउटिन्होले ह्याट्रिक हाने । उनले खेलको ३८ औं, ५९ औं तथा ६४ औं मिनेटमा गोलक गरेका हुन् । बार्सिलोनाको लागि यो उनको पहिलो ह्याट्रिक हो । त्यसतै खेलको ७१ औं मिनेटमा बार्सिलोनाको लागि लुईस स्वारेजले पेनाल्टी मार्फत गोल गरे । खेलको बाँकी समयमा कुनै पनि गोल हुन सकेन र खेल लेभान्टेको पक्षमा गयो ।

बार्सिलोनाले सन् २०१७ को अप्रिल महिनादेखि ला लिगाका कुनै पनि खेलमा हार व्यहोरेको थिएन । ४०० दिन पहिले बार्सिलोनाले मालागासँग खेल हारेको थियो ।

१४ मे २०१८ मा प्रकाशित

NEXT MATCH: मामेलोडी बिरुद्ध बार्सिलोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here