सेभियाको कारण स्पेनिस सुपर कपको फाइनल खेलको मिति परिवर्तन हुने !

बार्सा नेपाल । स्पेनिस सुपर कपको फाइनलको मिति परिवर्तन हुने देखिएको छ । यसअघि रोयल स्पेनिस फुटबल फेडेरेसन (आरएसएफएफ)ले अगष्ट ११ मा पिज्जुआन तथा १४ अगष्टमा क्याम्प नाउमा फाइनल खेल हुने तालिका प्रकाशित गरेको थियो ।

ला लिगामा सेभिया यूरोपा लिगको क्वालिफायरमा छनोट हुने सम्भावना प्रवल रहेको छ । ला लिगामा सेभियालले १ खेल खेल्न बाँकी छँदा ५५ अंक जोडेर लिगको सातौं स्थानमा रहेको छ । ला लिगाको सातौं स्थानको टिमले यूरोपा लिगमा छनोट हुन क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

सेभियाले अब लिगमा आलाभेससँग खेल्नुपर्नेछ । यदी सेभियाले खेल जितेको खण्डमा वा ८ औं स्थानमा रहेको गेटाफेले मालागासँग हारेको खण्डमा सेभियाले यूरोपाको लागि क्वालिफायर खेल्न पाउँछ । गेटाफेले लिगमा ५२ अंक जोडेको छ । यदी त्यसो भएको खण्डमा यसअघि प्रकाशित तालिकामा परिवर्तन भइ स्पेनिस सुपर कोपाको पहिलो लेग पिज्जुआनमा अगष्ट ५ मा तथा अगष्ट १२ मा क्याम्प नाउमा हुनेछ । उक्त समयको परिवर्तन सेभियाको यूरोपा क्वालिफायरको लागि गरिन लागेको हो ।

स्पेनिस सुपर कप ला लिगाको विजेता र कोपा डेल रेको विजेताबीच हुने गर्छ । तर जारी सिजनमा बार्साले यी दुबै उपाधि जितेपछि कोपा डेल रेको उपविजेतासँग उपाधि भिडन्त हुन लागेको हो ।

१३ मे २०१८ मा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here