मैदानमा कट्टर दुश्मन बार्साका पिके र रियलका भास्क्वेज र एसेन्सियो एकैठाउँमा (फोटोमा)

बार्सा नेपाल । प्रायः सँधै रियल मड्रिडसँगको विवादमा तानिने बार्सिलोनाका स्टार डिफेन्डर जेरार्ड पिके र रियलका खेलाडीद्वय लुकास भास्क्वेज र मार्को एसेन्यिो टेनिस खेलमा रमाइरहेको फोटो सार्वजनिक भएको छ ।

जारी सिजनको फुटबलको उत्तरार्धमा ती खेलाडीहरु स्पेनिस खेलाडी राफेल नाडालको खेल हेर्न पुगेका थिए । उक्त खेलमा यी खेलाडीहरु सँगै बसेर गफमात्रै गरेनन् ठट्टामा पनि खुबै रमाए ।

जरार्ड पिके बार्सिलोनाका खेलाडी मात्रै होइनन् एक समर्थक पनि हुन् । उनी टिमको रक्षाको लागि रियल मड्रिडको बिरोध खुलेरै गर्छन् तर स्पेनका कतिपय फुटबल समर्थकहरु रियल मड्रिडका फ्यान भएको कारणले गर्दा उनीहरु राष्ट्रिय टिमको खेलमा जेरार्ड पिकेलाई बु गर्न पछि पर्दैनन् । तर पिकेले भने खेलाडीहरुसँग कहिल्यै दुश्मनी लिने गरेका छैनन् ।





१३ मे २०१८ मा प्रकाशित

मड्रिडलाई ट्रोलः पिकेको आग्रहमा बार्साद्वारा खेलाडीहरुलाई ‘गार्ड अफ अर्नर‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here